डेब्यु खेलाडीको गोलमा युभेन्ट्सको सहज जित
सोमबार, २४ माघ २०७८खेलपाटी संवाददाता

काठमाडौं । इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले जित निकालेको छ ।
आइतबार राति भएको खेलमा युभेन्ट्सले भेरोनालाई २-० गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन डेब्यु खेलाडी डुसन भ्लाहोभिच र डेनिस जाकारियाले एक एक गोल गरे ।
खेलको १३ औं मिनेटमा डुसनले गोल गर्दै युभेन्ट्सलाई सुरुआती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ६१ औं मिनेटमा डेनिसले गोल गर्दै युभेन्ट्सलाई २-० गोलको जित दिलाए ।
यस जितसँगै युभेन्ट्स लिगको चौंथो स्थानमा उक्लिएको छ ।
युभेन्ट्सले २४ खेलमा ४५ अंक जोडेको छ ।
भेरोना ३३ अंक जोडेर नवौं स्थानमा रहेको छ ।
डेब्यु खेलाडीको गोलमा युभेन्ट्सको सहज जित






-1766593825391.webp&w=3840&q=75)





-1766583817323.jpg&w=3840&q=75)

