रियलको जितमा एसेन्सियोको गोल
सोमबार, २४ माघ २०७८खेलपाटी संवाददाता

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको रियल मड्रिडले जित निकालेको छ ।
आइतबार राति भएको खेलमा रियलले ग्रानाडालाई १-० गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा रियललाई जित दिलाउन मार्को एसेन्सियोले निर्णायक गोल गरे ।
एसेन्सियोले खेलको ७४ औं मिनेटमा गोल गरेका थिए ।
यस जितसँगै रियलले २३ खेलमा ५३ अंक जोडेको छ ।
रियल दोस्रो स्थानको सेभिया भन्दा ६ अंकले अघि रहेको छ ।
ग्रानाडा २४ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।
रियलको जितमा एसेन्सियोको गोल






-1766593825391.webp&w=3840&q=75)





-1766583817323.jpg&w=3840&q=75)

