काठमाडौं । अफ्रीका कप अफ नेसन्स फुटबलको उपाधि सेनेगलले जितेको छ ।
आइतबार राति भएको फाइनलमा इजिप्टलाई पेनाल्टी सुटआउटमा हराउँदै सेनेगल च्याम्पियन बनेको हो ।
निर्धारित ९० मिनेट र अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा सेनेगल ४-२ ले विजयी भयो ।

पेनाल्टीमा सेनेगलका साडियो माने, बाम्बा डिङ, अब्डोउ डिआलो र कालिडोउ कुलीबालीले गोल गरे । तर, बोउना सार गोल गर्न चुके ।
इजिप्टका अहमेद सायद र मार्वान हाम्दीले गोल गरे । मोहनद लासहेन र मोहमद अब्देलमोनेम पेनाल्टीमा चुके ।
खेल पेनाल्टीमा जानु अघि दुबै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न सकेनन्।
खेलको सातौं मिनेटमा सेनेगलका साडियो माने पेनाल्टीमा चुकेका थिए । उनको प्रहार इजिप्टका गोलकिपर मोहमद अबुगाबलले बचाएका थिए ।

सेनेगलले पहिलो पटक अफ्रीका कप अफ नेसन्सको उपाधि जितेको हो ।
इजिप्ट भने आठौं पटक उपाही जित्न असफल भएको छ ।
&w=707&quality=100)