काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्ड पराजित भएको छ।
आइतबार राति भएको खेलमा डर्टमण्डलाई बायर लिभरकुसेनले ५-२ गोल अन्तरले हराएको हो ।
डर्टमण्डको मैदानमा म्यानुएल अकान्जीले आत्मघाती गोल गरेपछि लिभरकुसेनले सुरुआती अग्रता बनाएको थियो ।
खेलको १६ औं मिनेटमा जेरीमी फ्रिमपोङले आत्मघाती गोल गरेपछि डर्टमण्ड १-१ गोलको बराबरीमा फर्कियो ।
२० औं मिनेटमा फ्लोरेन विर्ट्जले गोल गर्दै लिभरकुसेनलाई २-१ को अग्रता दिलाए ।
खेलको २८ औं मिनेटमा रोबर्ट एन्ड्रीचले गोल गर्दै लिभरकुसेनलाई ३-१ को अग्रता दिलाए ।

खेलको ५३ औं मिनेटमा जोनाथनले गोल गरेपछि पाहुना टोली ४-१ ले अघि रह्यो ।
८७ औं मिनेटमा मौसाले गोल गर्दै लिभरकुसेनलाई ५-१ को अग्रता दिलाए ।
त्यसपछि खेलको ८९ औं मिनेटमा स्टेफिन टिग्सले गोल गरेपनि डर्टमण्ड ५-२ ले पराजित भयो ।
यस हारसँगै डर्टमण्डले २१ खेलमा ४३ अंक जोडेको छ । डर्टमण्ड दोस्रो स्थानमा रहेको छ ।
लिभरकुसेन ३८ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।