एट्लेटिकोमाथि बार्सिलोनाको सानदार जित

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले एट्लेटिको मड्रिडमाथि सानदार जित निकालेको छ ।
आइतबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको बार्सिलोनाले एट्लेटिकोलाई ४-२ गोल अन्तरले हराएको हो ।
क्याम्प नाउमा सुरुआती अग्रता भने एट्लेटिकोले बनाएको थियो ।
आठौं मिनेटमा यानिक कारास्कोले गोल गर्दै एट्लेटिकोलाई १-० को अग्रता दिलाएका थिए ।
तर,दशौँ मिनेटमा जोर्डी अल्बाले गोल गर्दै बार्सिलोनालाई १-१ गोलको बराबरीमा ल्याए ।
खेलको २१ औं मिनेटमा गाभीले गोल गरेपछि बार्सिलोना २-१ ले अघि रह्यो ।
४३ औं मिनेटमा रोनाल्डो अरुजोले गोल गर्दै बार्सिलोनालाई ३-१ को अग्रता दिलाए ।
खेलको ४९ औं मिनेटमा डानी अल्भेसले गोल गर्दै बार्सिलोनालाई ४-१ को अग्रता दिलाए ।
५८ औं मिनेटमा एट्लेटिकोका लुइस सुआरेजले गोल गरेपनि बार्सिलोना ४-२ ले विजयी भयो ।
यस्तै खेलको ६९ औं मिनेटमा अल्भेसले रातो कार्ड पाएपछि बार्सिलोना १० खेलाडीमा समेटिएको थियो ।
यस जितसँगै बार्सिलोनाले २२ खेलमा ३८ अंक जोडेको छ ।
बार्सिलोना चौंथो स्थानमा उक्लिएको छ ।
एट्लेटिको ३६ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।







-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)



