लिभरपुल पाँचौं चरणमा
आइतबार, २३ माघ २०७८खेलपाटी संवाददाता

काठमाडौं । प्रिमियर लिग क्लब लिभरपुल एफए कप फुटबलको पाँचौ चरणमा प्रवेश गरेको छ ।
आइतबार भएको खेलमा कार्डिफ सिटीलाई ३-१ गोल अन्तरले हराउँदै लिभरपुल पाँचौं चरणमा पुगेको हो ।
घरेलु मैदानमा ५३ औं मिनेटमा डिएगो जोटाले गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ६८ औं मिनेटमा ताकुमी मिनामिनोले गोल गर्दै लिभरपुललाई २-० को अग्रता दिलाए ।
खेलको ७६ औं मिनेटमा हार्भे इलिओटले गोल गर्दै लिभरपुललाई ३-० को अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ८० औं मिनेटमा कार्डिफका रुबिन कोलविलले एक गोल फर्काएपनि लिभरपुल ३-१ ले विजयी भयो ।
लिभरपुल पाँचौं चरणमा








-1766593825391.webp&w=3840&q=75)





