काठमाडौं । चीनले महिला एसियन कप फुटबलको उपाधि जितेको छ ।
आइतबार भएको फाइनलमा दक्षिण कोरियालाई ३-२ गोल अन्तरले हराउँदै चीनले उपाधि जितेको हो ।
भारतको डीवाई पाटिल स्टेडियममा दुई गोलको अग्रता उल्टाएर चीनले उपाधि जितेको हो ।
चीनले नवौं पटक एसियन कपको उपाधि जितेको हो ।
खेलको २७ औं मिनेटमा चोई युरीले गोल गर्दै दक्षिण कोरियालाई अग्रता दिलाएकी थिइन् ।
पहिलो हाफको इन्जुरी समयमा जी सो युनले पेनाल्टीमा गोल गर्दै दक्षिण कोरियालाई २-० को अग्रता दिलाइन् ।
तर, दोस्रो हाफमा चीनले उत्कृष्ट पुनरागमन गर्यो ।
खेलको ६८ औं मिनेटमा जियाली ताङले गोल गर्दै चीनलाई २-१ को स्थितिमा ल्याईन् ।
७२ औं मिनेटमा चीनकी लिनयान झाङले गोल गर्दा खेल २-२ को बराबरीमा पुग्यो ।
त्यसपछि खेलको इन्जुरी समयमा युजीले गोल गर्दै चीनलाई ३-२ को जित दिलाईन् ।