काठमाडौं । सबैलाई थाहा थियो, बर्खास्तीमा परिसकेका व्यवस्थाक राफेल बेनिटेज एभर्टनमा कहिले पनि कसैको प्रिय रहने छैनन् ।
आखिरमा उनले एकपल्ट एभर्टनलाई सानो क्लब भनेका थिए । अब उनको स्थानमा आएका छन्, फ्रायन्क लाम्पार्ड र उनले आफू सम्मिलित पहिलो खेलमै खुसी फर्काएका छन् ।
एफएकपको गुडसन पार्कमा भएको खेलमा एभर्टनले ब्रेन्टफोर्डलाई सजिलै हरायो । यो जितको महत्त्व आफ्नो ठाउँमा छँदैछ, तर सबैभन्दा ठूलो थियो, एभरटनका समर्थकमा देखिएको त्यही खुसी । गुडसन पार्कमा रहेका एभर्टन समर्थकले खुलेर नै लाम्पार्डको नाम लिएर नारा लगाए । बेनिटेज रहेको बेला यस्तो कुनै पनि बेला भएन् ।

बेनिटेजलाई नियुक्त गर्नु नै आफैमा ठूलो भुल थियो, किनभने उनी यसअघि लिभरपुलका व्यवस्थापक पनि भइसकेका थिए । अब यो पनि सबैलाई थाहा छ, लिभरपुल र एभर्टनबीच कति धेरै प्रतिद्वन्द्वीता छ भनेर । फेरि एभर्टन आएर बेनिटेजले के नै गर्न सके र ? उनले दिएको भनेको दु:ख नै हो, क्लबलाई ।
जे होस, लाम्पार्डले औपचारिक रूपमा एभर्टनबाट आफ्नो नयाँ यात्रा सुरु गरेका छन् । उनले समर्थकको समर्थन पनि प्राप्त गरेका छन् । अब उनको ध्यान एभर्टनलाई इंग्लिस प्रिमियर लिगमा रेलिगेसनको डरबाट पन्छाउनु नै हुनेछ । एभर्टन रेलिगेसनमा पर्न योग्य क्लब पनि त होइन्, पर्नु पनि हुन्न ।

–बीबीसीको सहयोगमा ।