टोटेनहम पाँचौं चरणमा
आइतबार, माघ २३, २०७८खेलपाटी संवाददाता

काठमाडौं । टोटेनहम एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ ।
शनिबार राति भएको खेलमा ब्राइटनलाई ३-१ गोल अन्तरले पराजित गर्दै टोटेनहम पाँचौं चरणमा पुगेको हो ।
टोटेनहमलाई जित दिलाउन ह्यारी केनले दुई गोल गरे ।
खेलको १३ औं मिनेटमा ह्यारी केनले गोल गर्दै टोटेनहमलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको २४ औं मिनेटमा सोली मार्चले आत्मघाती गोल गरेपछि टोटेनहम २-० ले अघि रह्यो ।
खेलको ६३ औं मिनेटमा बिसोउमाले गोल गर्दै ब्राइटनलाई २-१ को स्थितिमा ल्याए ।
त्यसपछि खेलको ६६ औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै टोटेनहमलाई ३-१ को जित दिलाए ।
टोटेनहम पाँचौं चरणमा







-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)



