बायर्नको संघर्षपूर्ण जित
आइतबार, माघ २३, २०७८खेलपाटी संवाददाता

काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले संघर्षपूर्ण जित निकालेको छ ।
शनिबार राति भएको खेलमा बायर्नले आरबी लाइपजिगलाई ३-२ गोल अन्तरले हराएको हो ।
खेलको १२ औं मिनेटमा थोमस मुलरले गोल गर्दै बायर्नलाई सुरुआती अग्रता दिलाएका थिए ।
२७ औं मिनेटमा आन्द्रे सिल्भाले गोल गर्दै लाइपजिगलाई १-१ गोलको बराबरीमा ल्याए ।
खेलको ४४ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई २-१ को अग्रता दिलाए ।
५३ औं मिनेटमा क्रिस्टोफर एनकुन्कुले गोल गर्दै लाइपजिगलाई २-२ को बराबरीमा ल्याए ।
तर, खेलको ५८ औं मिनेटमा लाइपजिगका जोस्कोले आत्मघाती गोल गरेपछि बायर्न ३-२ गोल अन्तरले विजयी भयो ।
यस जितसँगै बायर्नले २१ खेलमा ५२ अंक जोडेको छ ।
बायर्न शीर्ष स्थानमा यथावत रहेको छ ।
लाइपजिग ३१ अंक जोडेर सातौं स्थानमा रहेको छ ।
बायर्नको संघर्षपूर्ण जित







-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)



