काठमाडौं । आयोजक क्यामरुनले अफ्रीका कप अफ नेसन्स फुटबलमा तेस्रो स्थान हासिल गरेको छ ।
शनिबार राति भएको खेलमा बुर्किना फासोलाई पेनाल्टी सुटआउटमा ५-३ गोल अन्तरले हराउँदै क्यामरुन तेस्रो भएको हो।
खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समय ३-३ गोलको बराबरी भएपछि खेल पेनाल्टीमा गएको थियो ।
पेनाल्टीमा क्यामरुनका भिन्सेन्ट अबुबाकर, मौमी एनगामलेउ, कार्ल टोको, पिएरे कुन्डो र एमब्रोइसले गोल गरे ।
बुर्किनाका इसा काबोरे, सोउमैला क्वाटरा र स्टिभ योगाले गोल गरे । ब्लाटी टुरे गोल गर्न चुके ।

पेनाल्टी अघि क्यामरुनका भिन्सेन्टले दुई गोल गरेका थिए । स्टेफनको नाममा एक गोल रह्यो ।
बुर्किनाका स्टिभ योगा, डिज्ब्रिल क्वाटराले एक एक गोल गरे । क्यामरुनका आन्द्रेले आत्मघाती गोल गरे ।
अफ्रीका कप अफ नेसन्सको उपाधि लागि भने इजिप्ट र सेनेगल भिड्ने छन् ।