काठमाडौं । इटालियन सिरी ए फुटबलको मिलान डर्बीमा एसी मिलान विजयी भएको छ ।
शनिबार राति भएको डर्बीमा मिलानले इन्टरलाई २-१ गोल अन्तरले हराएको हो ।
१० खेलाडीमा समेटिएको मिलानले उत्कृष्ट पुनरागमन गर्दै जित निकालेको हो ।
खेलको ३८ औं मिनेटमा इभान पेरिसिचले गोल गर्दै इन्टरलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको ७५ औं मिनेटमा ओलिभर जिरुडले गोल गर्दै मिलानलाई १-१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि खेलको ७८ औं मिनेटमा जिरुडले व्यक्तिगत दोस्रो गोल गर्दै मिलानलाई २-१ को जित दिलाए ।
खेलको इन्जुरी समयमा थियो हर्नान्डेजले रातो कार्ड पाएपछि मिलान १० खेलाडीमा समेटिएको थियो ।
यस जितसँगै मिलानले २४ खेलमा ५२ अंक जोडेको छ । मिलान लिगको दोस्रो स्थानमा रहेको छ ।
इन्टर २३ खेलमा ५३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।