काठमाडौं । प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ ।
शनिबार राति भएको खेलमा फुलहमलाई ४-१ गोल अन्तरले हराउँदै सिटी अन्तिम १६ मा पुगेको हो ।
घरेलु मैदानमा एक गोलको अग्रता उल्टाएर सिटीले जित निकालेको हो ।
खेलको चौंथो मिनेटमा फाबियो कार्भाल्होले गोल गर्दै फुलहमलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, छैटौं मिनेटमा इल्के गुन्डोगानले गोल गर्दै सिटीलाई १-१ गोलको बराबरीमा ल्याए ।

खेलको १३ औं मिनेटमा जोन स्टोन्सले गोल गर्दा सिटी २-१ ले अघि रह्यो ।
५३ औं मिनेटमा रियाद महरेजले पेनाल्टीमा गोल गर्दै सिटीलाई ३-१ को अग्रता दिलाए ।
त्यसपछि खेलको ५७ औं मिनेटमा महरेजले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ४-१ को जित दिलाए ।
क्रिस्टल प्यालेस, नर्विच सिटी, स्टोक सिटी पनि एफए कपको पाँचौं चरणमा प्रवेश गरेको छ ।