रोहित आबद्द पर्सिजा बराबरीमा रोकियो
शनिबार, २२ माघ २०७८खेलपाटी संवाददाता

काठमाडौं । नेपाली राष्ट्रिय टिमका सदस्य रोहित चन्द सम्मिलित पर्सिजा जकार्ता ईन्डोनेसियाको लिग वान फुटबलमा बराबरीमा रोकिएको छ ।
शनिबार भएको खेलमा पर्सिजा शीर्ष स्थानको एरिमा एफसीसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
सुरुआती एक गोलको अग्रता जोगाउन नसक्दा पर्सिजा बराबरीमा रोकिएको हो ।
खेलको ४० औं मिनेटमा मार्को सिमिचले गोल गर्दै पर्सिजालाई अग्रता दिलाएका थिए ।
तर, खेलको ५७ औं मिनेटमा कार्लोस फोर्टेसले गोल गर्दै एरिमालाई १-१ गोलको बराबरीमा ल्याएका थिए।
एरिमाविरुद्ध रोहितले पुरै समय मैदानमा बिताएका थिए ।
यस बराबरीसँगै पर्सिजाले २३ खेलमा ३३ अंक जोडेको छ । पर्सिजा लिगको छैटौं स्थानमा रहेको छ ।
एरिमा ४८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
रोहित आबद्द पर्सिजा बराबरीमा रोकियो













-1766907006104.jpeg&w=3840&q=75)