• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
कस्तो रह्यो मरिससविरुद्ध नेपालको खेल ?
खेलपाटी संवाददाता
आइतबार, माघ १६, २०७८ खेलपाटी संवाददाता
कस्तो रह्यो मरिससविरुद्ध नेपालको खेल ?
बलका लागि संघर्ष गर्दै नेपालका मनिष डाँगी (रातो जर्सी) । फोटो : खेलपाटी

काठमाडौं । राष्ट्रिय फुटबल टोली र अफ्रिकी राष्ट्र मरिससविरुद्ध दुई मैत्रीपूर्ण खेल अन्तर्गत पहिलो खेल शनिबार दशरथ रंगशालामा सम्पन्न भयो । घरेलु मैदानमा राष्ट्रिय टोलीले इतिहासमै पहिलोपटक अफ्रिकन राष्ट्रबिरुद्ध १–० को जित निकाल्न सफल रह्यो । 

फरवार्ड बिमल घर्तीमगरको गोलमा नेपालले मरिससविरुद्धको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा जित हात पार्यो ।

तत्कालिन प्रशिक्षक योहन कालिनको प्रशिक्षकत्वमा अनुशासनको कारबाही र त्यसपछि चोटबाट फर्किएका हुन्, बिमल । नयाँ प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको विश्वासलाई जित्दै राष्ट्रिय टोलीमा पूनरागमन गरेको बिमलले पहिलो खेलमै गोल गर्न सफल भए । 

उसो त जारी लिगमा बिमलले पुनरागमनको संकेत दिईसकेका थिए । जब राष्ट्रिय टोलीबाट उनी मैदानमा उत्रिदै गोल गरे, त्यसपछि उनलाई मात्र हैन सिंगो नेपाली फुटबललाई भाबुक बनायो ।  

उनले सन् २०१८ मा भएको साफ च्याम्पियनसिपपछि राष्ट्रिय टोलीबाट पहिलो गोल गरेका हुन् । दोस्रो हाफको ५५ औं मिनेटमा गोल गर्दै विमलले राष्ट्रिय जर्सीबाट गोल संख्या ९ पुर्याएका छन् । बिमलको लागि यो खेल जति अविस्मरणिय बन्यो, त्यातिनै प्रशिक्षक आल्मुताइरीका लागि पनि रह्यो । 

उनलाई नेपालको सर्बाधिक सफल प्रशिक्षक मानिन्छ । अन्तत उनै अल्मुताइरीको प्रशिक्षकत्वमा नेपालले एक दशकपछि मैत्रीपूर्ण खेलमा जित निकाल्यो । दशरथ रंगशालामा आफ्नो पहिलो जितको खुसियाली उनले मनाए ।  

खेलको पृष्ठभुमी : अक्टोबर १६ मा साफको फाइनलमा पराजित भएपछि नेपाल पहिलो पटक घरेलु मैदानमा अफ्रिकन राष्ट्रबिरुद्ध उत्रिएको हो । करिब एक दशक भन्दा बढी समय नेपालले मैत्रीपूर्ण खेलमा भोग्दै आएको पिडालाई बिर्सिने अवसर खोजिरहेको थियो । पछिल्लो समयमा बलिया टोलीबिरुद्ध गरेको राम्रो प्रदर्शन, साफको फाइनल खेलेको, प्रशिक्षकको फरक प्रशिक्षण शैलीले पाएको आत्मविश्वास लगायतका तथ्यले नेपाली टोलीलाई बलियो मानिएको थियो ।

त्यसैले पनि खेलअघि मरिससका प्रशिक्षक टोनी फ्रान्कोइसले नेपाली फुटबल टोलीको मुक्तकण्ठले प्रशंसा गरेका थिए । किनकी माल्दिभ्स भ्रमणमा नेपालले देखाएको प्रदर्शनबाट उनी प्रभावित थिए । त्यसैले उनको अनुमान थियो, खेल निकै प्रतिस्पर्धात्मंक हुनेछ ।  

हिन्द महासागरको सुन्दर द्धिप दक्षिणपूर्वी अफ्रिकन राष्ट्र मरिसस अफ्रिकन फुटबलको इतिहाससंगै अघि बढ्दै आइरहेको छ । यद्धपी विभिन्न कारणले एकसमय जुन साख थियो, त्यो भने उसले पछिल्लो समय गुमाएको छ ।

एकपटक अफ्रिका कप अफ नेसन्समा सहभागिता जनाएको मरिसस नेपालबिरुद्धको खेलका लागि करिब डेढ महिना अभ्यास गरेर हिमालयतर्फको यात्रामा निस्किएको थियो । अन्तराष्ट्रिय फुटबलका लागि उसले दुई वर्षसम्म पर्खिनु पर्यो । 

म्याच 'विल्डअप' र कोण :
५५ औं मिनेटमा अन्जन विष्टको पासमा अफसाइड ट्रयापलाई रिड गर्दै बिमलको लो भली प्रहार गोलमा परिणत हुनु अघि खेलको पहिलो हापÞmमा भने खास केहि देख्न पाइएको थिएन । त्यसअघि लगातार प्रयास भए तर दुवै टोली फिनिसिङमा चुकेका थिए । नेपालले पहिलो हाफमा ५ वटा प्रहार गरेको थियो, मरिससले ६ प्रहार । त्यसमा नेपालको मात्र एक प्रहार अन टार्गेट थियो, मरिससको ५ प्रहार । 

रोहित चन्द, पुजन उपरकोटी, अनन्त तामाङ जस्ता अनुभवी खेलाडीको अनुपस्थितीमा नेपालले पहिलो हाफमा दबाब झेल्यो । शारिरीक रुपमा बलियो देखिएको मरिससको टोलीले पहिलो हाफमा ‘हाइ लाइन’ मेन्टेन गरेर ४–३–३ को रणनीतिमा उत्रिएको नेपाललाई केहि हदसम्म आक्रमण बुन्ननै दिएन । जब फुलब्याक सुमन अझै ‘वाइड’ गएर ‘बाइ लाइन’सम्म पुगे, त्यो बेला केहि क्रसहरु सफल पनि भयो । त्यसैले नेपालले ४ वटा कर्नर पहिलो हाफमा प्राप्त गर्यो । 

खेलको सुरुवातमा भने नेपालले मोमेन्टम बनाएको थियो । दोस्रो मिनेटमा लिगमा मनाङ्गबिरुद्ध प्रभावशाली फ्रिकिक गोल गरेका सुनिल बलको फ्रिकिक मरिसियन डिफेन्डर योनाथन स्पेभिलेबाट डिफ्लेक्ट हुँदै बाहिरियो । त्यसपछि फरवार्ड अन्जन विष्टको प्रहारलाई मरिससका कप्तान केभिन जित लुइसले सहजै बचाए । केहि मुभ दुवै टिमले सिर्जना गरेपनि मरिससको लागि सबै भन्दा राम्रो अवसर ३६ औं मिनेटमा आएको थियो । एड्रिएन फ्रान्कोइसको वान भर्सेस वानको प्रहारलाई गोलरक्षक तथा नेपालका कप्तान किरण चेम्जोङले बचाए । फर्नान्डो ज्याक्सनको प्रहार पोलमा लागेर फर्कदा मरिसस दुर्भाग्यशाली रह्यो। 

मिस पास र फरवार्डमा बारम्बार अन्जनले मौकाको सदुपयोग नगर्दा नेपालले अग्रता लिन सकिरहेको थिएन । पछिल्लो समय नेपालका लागि लगातार गोल गरिरहेका अन्जनले दोस्रो हाफमा गोलको लागि असिस्ट भने सानदार दिए । दोस्रो हाफमा केहि रक्षात्मक देखिएको मरिससले नेपाली दर्शकको हुटिङ सामु दबाब महशुश गरेको देखिन्थ्यो । 

जुन शारीरिक खेल उसले देखाएको थियो, त्यसमा गल्ती गर्न पुग्यो । ४–४–२ को फर्मेसनमा रक्षात्मक बनेको मरिससले ‘मुभ बिल्ड़प’ गर्न खोज्दा मिडफिल्डमा मेर्बिन जोसेलिनले बल पोजेसन गुमाउन पुगे । लगत्तै मार्क गरिरहेका अन्जनले बल स्टिल गर्दै ‘डेप्थ’सम्म पास निकाले । बिमल खाली रहेको अवस्था थियो, डिफेन्डर जियान्लिअससंग रिकभर गर्न कुनै मौका थिएन । तत्काल बिमलले 'लेफ्ट फुटेट' हाफ भली सट प्रहार गर्दै गोल गर्न सफल रहे, जुन निर्णयाक पनि रह्यो। 

जुन स्तर र अवस्था दुवै टोलीको भिन्नता थियो, त्यो अनुरुपको प्रदर्शन नेपालले भने गर्न सकेन । नेपालले धेरै अवसर गुमायो । फिनिसिंगमा चुस्त देखिएन । ८० औं मिनेटमा पनि दुई जना खेलाडीले हेडर क्रसरोड पत्ता लगाए पनि अग्रता दोब्बर बनाउन असफल रहे । 

केही थकित र परिवर्तित अवस्थाबाट गुज्रिरहेको मरिससविरुद्ध पहिलो खेलमा संघर्षपूर्ण रहे पनि नेपालले केहि सकारात्मक संकेत भेटेको छ । दुई जना खेलाडीले डेब्यु गर्ने अवसर पाए, आगामी दिनमा उनीहरुले कस्तो प्रदर्शन गर्छन्, हेर्नुपर्नेछ ।

विशेष गरेर सुदिप गुरुङले लिगमा राम्रो सम्भावना देखाएका थिए । सुमन अर्याल अझै आक्रमक बनेका छन्, देबेन्द्र तामांग ‘कम्पोज्ड’ देखिए, तेज धारिलो छन् । शनिबारको खेलमा नेपालले प्राप्त गरेको जित र बिमल घर्तिमगर लयमा देखिनुनै महत्वपुर्ण हो ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
रसले अर्को इतिहास कोर्लान्?
रसले अर्को इतिहास कोर्लान्?
अञ्जनलाई कीर्तिमानी गोलको दबाब
अञ्जनलाई कीर्तिमानी गोलको दबाब
‘एसियन कपमा पुग्ने क्षमता छ,  विश्वकपमा पुग्न यो स्तरले सक्दैन’
‘एसियन कपमा पुग्ने क्षमता छ, विश्वकपमा पुग्न यो स्तरले सक्दैन’
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
प्रथम मिस्टर महानगर बडीबल्डिङ च्याम्पियनसिप असार ६ र ७ गते
प्रथम मिस्टर महानगर बडीबल्डिङ च्याम्पियनसिप असार ६ र ७ गते
टेस्टमा परिवर्तन : भारतले ५ दिन खेल्ने, अन्य साना राष्ट्रले ४ दिन
टेस्टमा परिवर्तन : भारतले ५ दिन खेल्ने, अन्य साना राष्ट्रले ४ दिन
एन्फाको फराकिलो जितमा महासचिव किरणको ह्याट्रिक !
एन्फाको फराकिलो जितमा महासचिव किरणको ह्याट्रिक !
इतिहास बनाएको नेपाल
इतिहास बनाएको नेपाल
भिनिसियसको पुतला झुन्ड्याएका एट्लेटिकोका चार समर्थकलाई जेल सजाय
भिनिसियसको पुतला झुन्ड्याएका एट्लेटिकोका चार समर्थकलाई जेल सजाय
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP