इंग्ल्यान्डका कप्तान मोर्गनले खेल गुमाउने
शुक्रबार, १४ माघ २०७८खेलपाटी संवाददाता

काठमाडौं । इंग्ल्यान्डका कप्तान इओन मोर्गनले वेस्ट इन्डिजविरुद्धको टी–ट्वान्टी क्रिकेट सिरिजका बाँकी दुई खेल गुमाउने भएका छन् ।
खुट्टाको चोटका कारण मोर्गनले सिरिजमा खेल्न बाँकी रहेका दुबै खेल गुमाउने भएका छन् ।
यस अघि खुट्टामा समस्या आएपछि उनले तेस्रो खेल पनि गुमाएका जुन वेस्ट इन्डिजले जितेको थियो ।
पाँच खेलका सिरिजमा वेस्ट इन्डिज २–१ ले अघि छ ।
बाँकी दुई खेल शनिबार र आईतबार हुने तालिका रहेको छ ।
मोर्गनको स्थानमा मोइन अलीले कप्तानीको जिम्मेवारी सम्हाल्ने भएका छन् ।
#इओन मोर्गन












-1767268406472.png&w=3840&q=75)


