बार्सिलोना विजयी
सोमबार, १० माघ २०७८खेलपाटी संवाददाता

काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले अलाभेसमाथि जित निकालेको छ ।
बार्सिलोनाले अलाभेसलाई १–० ले पराजित गरेको हो ।
बार्सिलोनाको जितमा एकमात्र गोल फ्रेन्की डि जोङले खेलको ८७ औं मिनेटमा गरे ।
जितसँगै बार्सिलोना लिग तालिकाको पाँचौ स्थानमा उक्लिएको छ ।
बार्सिलोनाले २१ खेलमा ३५ अंक जोड्दै पाँचौ स्थानमा उक्लिएको हो ।
अलाभेस भने २२ खेलमा १७ अंक जोड्दै पुछारबाट दोस्रो स्थानमा रहेको छ ।
#बार्सिलोना





-1775916660994.webp&w=3840&q=75)
-1775884046825.webp&w=3840&q=75)





