बराबरीमा रोकियो आर्सनल
आइतबार, ०९ माघ २०७८खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल बराबरीमा रोकिएको छ ।
आइतबार राति भएको खेलमा आर्सनलले घरेलु मैदानमा रेलिगेसन क्षेत्रको बर्नलीसँग गोलरहित बराबरी खेलेको हो ।
यस बराबरीसँगै आर्सनलले २१ खेलमा ३६ अंक जोडेको छ ।
आर्सनल छैटौं स्थानमा रहेको छ ।
१२ अंक जोडेको बर्नली पुछारमा रहेको छ ।
प्रिमियर लिग अन्तर्गत नै लेस्टर सिटीले ब्राइटनसँग १-१ गोलको बराबरी खेल्दै अंक बाडेको छ ।
पिस्टन डाकाले ४६ औं मिनेटमा गोल गर्दै लेस्टरलाई अग्रता दिलाएका थिए ।
तर,८२ औं मिनेटमा ड्यानी वेल्बेकले गोल गर्दै ब्राइटनलाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।
लेस्टर २० खेलमा २६ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।
ब्राइटन ३० अंक जोडेर नवौं स्थानमा रहेको छ ।
बराबरीमा रोकियो आर्सनल








%20(1)-1771145193825.jpeg&w=3840&q=75)

-1771139897683.jpeg&w=3840&q=75)
-1771139095251.jpeg&w=3840&q=75)

