मंगलबार, कार्तिक ५, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

कोहलीले कप्तानी छाडे, किन त ?

आइतबार, माघ २, २०७८खेलपाटी संवाददाता
कोहलीले कप्तानी छाडे, किन त ?
Classic Tech Internet Ad

काठमाडौं । विराट कोहली आधुनिक क्रिकेटका त्यस्ता पात्र हुन्, जसले आफूलाई निकै जिद्दी प्रतिस्पर्धात्मक खेलाडीका रूपमा प्रस्तुत गरे । उनी प्रत्येक रनका लागि खुबै मिहिनेत गर्थे, विपक्षी टिमलाई प्रत्येक पक्षबाट परास्त गर्न चाहन्थे । फिल्डिङ गर्दा खुबै जोसिला हुन्थे । उनलाई मन नपराउने हो भने त्यसका लागि धेरै कारण बन्छन् । यिनै कोहलीले भारतीय टेस्ट टिमको पनि कप्तानी छाडेका छन् । यस्तोमा उनका आलोचकले पनि सोध्ने प्रश्न हो, किन त ?

दक्षिण अफ्रिकाविरुद्धको तीन टेस्टको शृंखलामा भारत २–१ ले पराजित भएपछि कोहलीले कप्तानी छाड्ने निर्णय अगाडि आएको हो । यो टेस्ट सुरु हुन अगाडि सबैले भनिरहेका थिए, यसमा भारत सजिलै विजयी हुनेछ, तर नतिजा रह्यो, उल्टो । शृंखलाको सुरुआत नै खराब रह्यो, किनभने दक्षिण अफ्रिका उड्न अगाडि कोहलीले एउटा त्यस्तो पत्रकार सम्मेलन गरेका थिए, जसले अन्तत: विवादको चर्को रूप लियो र यो लगभग भारतीय क्रिकेट बोर्डका अध्यक्ष शौरभ गांगुलीतर्फ इंगित थियो ।

Image

त्यस पत्रकार सम्मेलनमा कोहलीले दाबी गरेका थिए, ट्वान्टी ट्वान्टी टिमको कप्तानी छोड्ने उनको निर्णयबारे पुर्नविचार गर्न गांगुलीले अनुरोध गरेका थिए । जबकी गांगुली यस्तो मान्दैनन् । पछि कोहलीको हातबाट वान डे टिमको कप्तानी पनि छिनियो, अब उनी आफैले टेस्ट टिमको कप्तानी छाडेका छन् । बोर्डले कोहलीसँग टेस्ट टिमको कप्तानी छाड्न भन्न सक्ने स्थिति पनि थिएन् । तर कोहली पनि कम्तीका थिएनन्, आफैले कडा निर्णय गरे ।

तर पछिल्लो समय कोहलीको ब्याटिङलाई लिएर पनि प्रश्न भने उठन थालेको थियो । विशेषत: भारतको मध्यक्रमको ब्याटिङ निकै फितलो सावित भइरहेको थियो र उनी त्यसकै एक भाग थिए । उनले ३० अन्तर्राष्ट्रिय इनिङ्सयता शतक बनाउन सकेका थिएनन्, जुन आफैमा अविश्वसनीय हो । मध्यक्रमका अर्का दुई ब्याट्सम्यान चेतेश्वर पुजारा र अजिन्के रहाने पनि उत्तिकै खराव लयबाट गुज्रिरहेका छन् । त्यसको दबाब कोहलीमाथि पनि परेको छ ।

Virat Kohli gets his revenge, gives Ben Stokes the 'silent send-off'

फेरि पछिल्लो समय कोहली र भारतीय क्रिकेट बोर्ड तथा यसका अध्यक्ष गांगुलीबीच राम्रो सम्बन्ध पनि चलिरहेको छैन् । बोर्डका यसअघिका अध्यक्ष भारतीय क्रिकेटमा त्यति छाउने गरेका थिएनन्, जति गांगुली छाउने गरेका छन् । उनी आफै भारतीय टिमका पूर्व कप्तान हुन् र आफ्नो खेलाडी जीवनका बेला उनी कोहली जत्तिकै थिए, जिद्दी खालका । जति बेला यस्ता समान दुई व्यक्तित्वको टक्कर हुन्छ, केही न केही त हुन्छ नै, जसरी अहिले भारतीय क्रिकेटमा भएको छ ।

सायद केही हदसम्म कप्तानीको बोझले कोहलीलाई समस्यामा पार्न थालेको थियो । भनिन्छ पनि क्रिकेटमा कप्तानी गर्नु जत्तिको गाह्रो केही हुन्न । यो खुबै दबाब झेल्नु पर्ने काम हो । यही बोझले खेलाडीको व्यक्तिगत प्रदर्शनमा पनि असर पर्छ । भलै कोहली यसलाई मान्न तयार हुने छैनन्, तर यो हो पनि । कप्तानी छाडेपछि पनि भारतीय क्रिकेट टिममा उनको उपस्थिति भने कसैले काट्ने सक्ने छैन् । उनी उम्दा खेलाडी हुने, यसमा कसैको शंका छैन् ।

 Virat Kohli Made His Test Debut On This Day In 2011 | Cricket News
अनि एउटा तथ्य के पनि निश्चित छ, जुन कसैले पनि काट्न सक्दैन र त्यो हो, कोहलीको नेतृत्वमा भारतले टेस्ट क्रिकेटमा गरेको शानदार प्रदर्शन । उनको नेतृत्वमा भारतले ६८ टेस्ट खेलेकोमा ४० मा जित निस्केको थियो । यो कम्ती ठूलो उपलब्धी होइन् । यी ६८ टेस्टमध्ये भारत १७ मा बराबरीमा रोकियो भने ११ मा पराजित पनि रह्यो । उनलाई भारतका टेस्ट क्रिकेट कप्तानमध्ये सबैभन्दा सफल मान्ने पनि उत्तिकै छन् । यस्तोमा दक्षिण अफ्रिकाविरुद्धको एक शृंखलामा असफल हुँदैमा किन राजीनामा दिनु पर्‍यो भन्ने प्रश्न त बन्छ नै ।


–इन्डियन एक्सप्रेसको सहयोगमा । 

Bajaj Pulsar Motorcycle Ad
स्पेसल फिचर

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

रिजवान बर्खास्त, पाकिस्तानको नयाँ कप्तान अफ्रिदी

रिजवान बर्खास्त, पाकिस्तानको नयाँ कप्तान अफ्रिदी

भारतलाई हराउँदै इङ्ल्यान्ड सेमिफाइनलमा

भारतलाई हराउँदै इङ्ल्यान्ड सेमिफाइनलमा

अब झन् फिट छु : कोहली

अब झन् फिट छु : कोहली

Bajaj Pulsar Motorcycle Ad
भारत र इरानसँग खेल्न हिँड्यो नेपाली टोली

भारत र इरानसँग खेल्न हिँड्यो नेपाली टोली

भारतले रोनाल्डोलाई आफ्नो देश ल्याउन सकेन

भारतले रोनाल्डोलाई आफ्नो देश ल्याउन सकेन

रोनाल्डोका छोरा पोर्चुगलको यु–१६ टोलीमा

रोनाल्डोका छोरा पोर्चुगलको यु–१६ टोलीमा

रिजवान बर्खास्त, पाकिस्तानको नयाँ कप्तान अफ्रिदी

रिजवान बर्खास्त, पाकिस्तानको नयाँ कप्तान अफ्रिदी

डेढ महिनापछि मैदान फर्किँदै डेम्बेले

डेढ महिनापछि मैदान फर्किँदै डेम्बेले

लक्ष्मी पूजाको दिनमा त्रिवि मैदानमा फ्लडलाइटले झिलिमिली

लक्ष्मी पूजाको दिनमा त्रिवि मैदानमा फ्लडलाइटले झिलिमिली

यमलको ‘अटोग्राफ’ लिन पैसा तिर्नुपर्ने

यमलको ‘अटोग्राफ’ लिन पैसा तिर्नुपर्ने

एथलेटिक्स टोली भारत जाने

एथलेटिक्स टोली भारत जाने