काठमाडौं । अफ्रीका कप अफ नेसन्स फुटबलमा आयोजक क्यामरुनले लगातार दोस्रो जित निकालेको छ ।
बिहीबार राति भएको खेलमा इथोपियालाई ४-१ गोल अन्तरले हराउँदै क्यामरुनले दोसो जित निकालेको हो ।
ओलेम्बे स्टेडियममा सुरुआती एक गोलको अग्रता उल्टाएर क्यामरुनले सहज जित निकालेको हो ।
खेलको चौंथो मिनेटमा डावा होस्टेसा डुकेलेले गोल गर्दै इथोपियालाई सुरुआती अग्रता दिलाएका थिए ।
तर,आठौं मिनेटमा कार्ल टोको इकाम्बीले गोल गर्दै क्यामरुनलाई बराबरीमा ल्याए ।

५३ औं मिनेटमा भिन्सेन्ट अबुबाकरले गोल गर्दै क्यामरुनलाई २-१ को अग्रता दिलाए ।
खेलको ५५ औं मिनेटमा भिन्सेन्टले व्यक्तिगत दोस्रो गोल गर्दै क्यामरुनको अग्रता ३-१ को बनाए ।
त्यसपछि खेलको ६७ औं मिनेटमा इकाम्बीले व्यक्तिगत दोस्रो गोल गरेपछि क्यामरुन ४-१ ले विजयी भयो ।

यस जितसँगै समूह ए को क्यामरुनले २ खेलमा ६ अंक जोडेको छ । क्यामरुन समूहको शीर्ष स्थानमा रहेको छ ।
पहिलो खेलमा क्यामरुनले बुरकिना फासोलाई २-१ गोल अन्तरले हराएको थियो ।
इथोपियाको यो लगातार दोस्रो हार हो । अंक विहीन इथोपिया पुछारमा रहेको छ ।