डिफेन्डर लुकास एस्टनमा
बिहिबार, २९ पौष २०७८खेलपाटी संवाददाता

काठमाडौं । प्रिमियर लिग क्लब एस्टन भिल्लाले डिफेन्डर लुकास डिग्नेलाई अनुबन्ध गरेको छ ।
एस्टनले लुकासलाई एभर्टनबाट अनुबन्ध गरेको हो ।
फ्रेन्च डिफेन्डर लुकासलाई २५ मिलियन पाउण्डमा एस्टनले अनुबन्ध गरेको हो ।
लुकासले एस्टनसँग साढे ४ वर्षको सम्झौता गरेका छन् ।
लुकासले एभर्टनका लागि १ सय २७ खेलमा ६ गोल गरेका छन्।
एस्टनले दोस्रो खेलाडीको रुपमा २८ वर्षीय डिफेन्डर अनुबन्ध गरेको हो ।
यस अघि बार्सिलोनाबाट एस्टनले मिडफिल्डर फिलिपे कोउटिन्होलाई लोनमा अनुबन्ध गरिसकेको छ ।
डिफेन्डर लुकास एस्टनमा











%20(1)-1771145193825.jpeg&w=3840&q=75)

-1771139897683.jpeg&w=3840&q=75)
-1771139095251.jpeg&w=3840&q=75)
