काठमाडौं । कतार एयरवेज सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको नवौं चरणको खेलहरु भोलि शुक्रबारबाट सुरु हुँदैछ । शुक्रबार नवौं चरणका दुई खेलहरु हुनेछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा एपीएफ क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
यस्तै दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
लिगको नवौं चरणको पूर्वसन्ध्यामा सबै क्लबले जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने बताएका छन् ।
खेल अघिको प्रि म्याच कन्फरेन्समा क्लबका प्रशिक्षक र सहायक प्रशिक्षकहरु के भन्छन् ?
तोपे फुजा (मुख्य प्रशिक्षक ) - मनाङ
सातदोबाटो नयाँ टिम हो । उनीहरूले राम्रो प्रदर्शन गरिरहेका छन् । सबै टिमले राम्रो खेलिरहेका छन् । सम्भवत हामी ३ अंकको लागि खेल्ने छौँ ।
सुरज महर्जन (सहायक प्रशिक्षक) - सातदोबाटो युथ क्लब
मनाङ एक राम्रो टिम हो । लिगको सबैभन्दा राम्रो टिम हो । अस्तिको खेलमा मनाङले गोल राम्रो हानेको छ । सातदोबाटोले राम्रो गरिरहेको छ । हामीले धेरै कुराहरु सुधार गरेका छौँ । मनाङसँग पहिलो पटक खेल्दै छौँ । हाम्रो लागि यस पटक सबै टिम कठिन छ । मनाङसँग राम्रो नतिजा ल्याउने योजना गरेका छौँ ।
प्रवेश कटवाल (मुख्य प्रशिक्षक ) - मछिन्द्र फुटबल क्लब
बीबीसीसँगको खेलका लागि हामीले सबै तयारी पूरा गरेका छौँ । बीबीसी रेलिगेसन क्षेत्रमा भएपछि उनीहरुले सबैसँग कडा प्रतिस्पर्धा गरेको छ । बीबीसी राम्रो छ । प्रतिस्पर्धात्मक खेलमा हामीले जितका लागि खेल्ने हो । राम्रो खेल हुनेछ ।
नविन न्यौपाने (मुख्य प्रशिक्षक) - त्रिभुवन आर्मी क्लब
तयारी राम्रो भईरहेको छ । मुख्य कुरा अगाढी बढ्नलाई हामीलाई ३ अंक महत्वपूर्ण रहेको छ । हामीलाई शीर्ष तीनका लागि जित भन्दा अरु विकल्प छैन । फ्रेन्ड्स क्लब पनि रेलिगेसनबाट जोगिन संघर्ष गरिरहेको छ । उनीहरुलाई पनि ३ अंक महत्वपूर्ण छ । हामीलाई सहज छैन तर तीन अंकको लागि त्यहि अनुसार ट्रेनिङहरु गरिरहेका छौँ ।
मृगेन्द्र मिश्र (मुख्य प्रशिक्षक) - फ्रेन्ड्स क्लब
हामीले यस अघि पाँच खेल हारिसकेका छौँ । नवौं चरणमा आर्मीलाई जसरि पनि जित्नु पर्नेछ । जितेनौं भने हामीलाई रेलिगेसनमा पर्ने हुन्छ । हामीले मछिन्द्रविरुद्ध खेलेको जस्तै खेल्ने छौँ । जितको लागि हमीलाई एकदमै महत्वपूर्ण छ ।
राजुकाजी शाक्य (मुख्य प्रशिक्षक) - एनआरटी
तीन अंकको लागि खेल्ने हो । पछिल्लो खेलमा खेलाडीले खेल्न सकेन अहिले हामीले त्यसमा काम गरेका छौँ । आउने खेलहरुमा हामीले राम्रो गर्ने छौँ ।
किशोर केसी (मुख्य प्रशिक्षक ) - जावलाखेल युथ क्लब
ट्रेनिङ राम्रो चलिरहेको छ । चिसोले गर्दा धेरै खेलाडीहरु विरामी छन् । आज नौ खेलाडी प्रशिक्षणमा सहभागी भएनन् । सबै ज्वरो र रुघाखोकीबाट पीडित भएका छन् । आज जम्मा १४ खेलाडी प्रशिक्षणमा सहभागी भए । अवस्था कठिन छ । तर केही खेलाडी टोलीमा फर्कने क्रम पनि जारी छ ।
रत्न महर्जन (सहायक प्रशिक्षक) - एपीएफ क्लब
तयारी राम्रो किसिमले भएको छ । अतिको खेलमा थोरै कमीकमजोरी रहेको छ । स्कोर गर्न सकेनौं । त्यसलाई मध्येनजर गरेर तयारी गरेका छौँ । रेलिगेसन क्षेत्र छाडेका छौँ दबाब अझै छ । त्यसैले सेफ ल्यान्डिङ हाम्रो लक्ष्य छ ।
उर्जन श्रेष्ठ (मुख्य प्रशिक्षक ) - थ्री स्टार
तयारी राम्रो भईरहेको छ । खेलाडीहरुले राम्रो खेलिरहेको छ । गोल निस्किरहेको छ । २ खेलमा ४ गोल गर्यौं । अब हाम्रो राम्रो हुन्छ जस्तो लागेको छ । संकटा राम्रो टिम हो । एउटा खेलपनि हारेको छैन । टिम वर्क राम्रो छ । हाम्रो पनि राम्रो भएर आईरहेको छ । खेल राम्रो हुन्छ जस्तो लागेको छ । उनीहरुलाई हराएर शीर्ष चारमा आउने हामीलाई अवसर छ । हामी शीर्ष चारमा आउने कोशिश गर्छौं ।
आशिक थापा मगर (सहायक प्रशिक्षक) - च्यासल युथ क्लब
हाम्रो लक्ष्य जित हो । जित्यौं भने हामी रेलिगेसनबाट बच्ने छौँ । हारेमा रेलिगेसनको दाबेदार हुन्छौं । पुलिससँगको खेल गर या मर हो, त्यो जित्यौं भने हामी रेलिगेसनबाट बच्ने छौँ ।