काठमाडौं । च्यासल युथ क्लबका डिफेन्डर कमल श्रेष्ठ र गोलरक्षक प्रदिप भण्डारीले सहिद स्मारक ए डिभिजनका नवौं चरणका खेलहरु गुमाउने भएका छन् ।
कमल र प्रदिप दुबैलाई कोरोना पोजेटिभ देखिएपछि उनीहरुले लिगको नवौं चरणको खेलहरु गुमाउने भएका हुन् ।
क्लबका सहायक प्रशिक्षक आशिक थापा मगरले कमल र प्रदिपलाई कोरोना भएको पुष्टि गरेका हुन् ।
'कमल र प्रदिपलाई कोभिड पोजेटिभ देखिएको छ । कमलको पोखराबाट फर्किएपछि र प्रदिपको केहि दिन अघि पोजेटिभ देखिएको,' उनले भने,'अन्य खेलाडीको नेगेटिभ देखिएको छ ।'
लिग अन्तर्गत आठ चरणको खेलको समाप्तीमा च्यासल ५ अंकसहित १३ औ स्थान अर्थात रेलिगेसन जोनमा रहेको छ ।
च्यासलले आठ मध्ये केवल एक खेलमा जित हात पारेको छ ।