काठमाडौं । टोटनहम भर्खरै लिगकप सेमिफाइनलमा चेल्सीको हातबाट पराजित भयो ।
दुई लेग सेमिफाइनलको डीभीडी यदी व्यवस्थापक एन्टोनियो कोन्टेले क्लब अध्यक्ष ड्यानिएल लेभीलाई दोहराएर देखाउने हो भने त्यसले प्रस्ट पार्नेछ, टोटनहममा साँच्चै गम्भीर भएर धेरै लगानी गर्नु पर्नेछ ।
अहिलेको टिमबाट केही जित्न सकिने छैन् ।
कोन्टे खासमा सफलताका प्रतीक प्रशिक्षक हुन् र यसका लागि उनले क्लबसँग धेरै चर्को न चर्को माग राख्ने गरेको इतिहास छ ।
युभेन्ट्स, चेल्सी र इन्टर मिलानमा उनले बिताएका वर्षलाई हेर्दा यो तथ्य ठ्याक्कै देखिन्छ । फेरि यसमा खराब पनि के छ र ? कोन्टेलाई अनुबन्ध गर्ने भनेको सफलताकै लागि हो ।
तर अहिलेको टोटनहम टिम आफैमा बलियो भने छैन्, बलियो के अर्थमा भन्दा यसले इंग्ल्यान्डकै घरेलु लिग तथा कपमा बलियो चुनौती पेस गर्न सक्षम छैन् ।
युरोपेली प्रतियोगिताको त कुरै बेग्लै । अब प्रशिक्षकका रूपमा कोन्टे जत्तिको ल्याएपछि टोटनहमले राम्रा खेलाडीमा लगानी पनि त गर्नु पर्ने हुन्छ ।
कोन्टे मात्र होइन्, जोसे मोउरिन्हो र नुनो सान्टोको समयमा टोटनहम असफल रहनुको कारण टिम कमजोर रहेकोले नै हो ।
सायद कोन्टेले पनि कम्तीमा अर्को सिजनका लागि टोटनहमलाई बलियो बनाउन केही किन्नै पर्ने खेलाडीको सूची बनाउने छन् र क्लब अध्यक्षसामु पेस गर्नेछन् । लेभीसामु खुलेर खर्चिनुको बाहेक अर्को विकल्प छैन् ।
–बीबीसीको सहयोगमा ।