काठमाडौं । अफ्रीका कप अफ नेसन्समा आइभरी कोस्टले विजयी सुरुआत गरेको छ ।
समूह ‘ई’ अन्तर्गत बुधबार राती भएको खेलमा आइभरी कोस्टले इक्वाटोरियल गिनीलाई १–० गोल अन्तरले पराजित गरेको हो ।
ग्राडेलले खेलको पाँचौ मिनेटमा गरेको गोल नै आइभरी कोस्टको जितका लागि निर्णायक बन्यो ।
लिड्सका फरवार्ड ग्राडेलले २० यार्डबाट गरेको प्रहारले दुई पटकका विजेता आइभरी कोस्टलाई अग्रता दिलाएको थियो ।
गिनीले बराबरी गर्ने अवसर प्राप्त गरेपनि इबान साल्भाडोरले सात यार्डबाटै गोलपोल्ट बाहिर प्रहार गरेका थिए ।