एजेन्सी । चेल्सी कारबाओ कपको फाईनलमा प्रवेश गरेको छ ।
बुधबार राति दोस्रो लेगको खेलमा टोटेनहमलाई १–० ले पराजित गर्दै समग्रमा ३–० को नतिजा सहित चेल्सी फाईनल पुगेको हो ।
चेल्सीलाई दोस्रो लेगमा जित दिलाउन रुडिगरले विजयी गोल गरे । उनले मिसन माउन्टको पासमा विजयी गोल गरेका हुन् ।
पहिलो लेगमै २–० ले पछि परेको टोटेनहमले चेल्सीमाथि आक्रमक खेल पस्किन सकेन । चेल्सीलाई दोस्रो लेगमा २–० गोलको फाइदा पनि थियो ।
ह्यारी केनको गोलले अफसाईडको मान्यता पाएको खेलमा टोटेनहमले दोस्रो हाफ सुधारिएको प्रर्दशन गरेको थियो । तर चेल्सीले खेल आफ्नो नियन्त्रणमै राख्यो ।
स्वास्थ्य आपतकालिनका कारण स्थगित भएको खेल बिहीबार सञ्चालन भएको हो ।