एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राति ६ खेल हुदैछ । युरोपेली क्लब फुटबलको सबै भन्दा ठुलो प्रतियोगितामा ईटालियन महारथी युभेन्ट्सले प्रियिमर लिग क्लब म्यान्चेष्टर युनाईटेडलाई चुनौती दिदैछ ।
खेल म्यान युको घरेलु मैदान ओल्ड ट्राफोर्डमा हुनेछ । समुह एचको शीर्ष स्थानमा रहेको युभेन्ट्सले २ खेलबाट ६ अंक जोडेको छ । म्यान यु ४ अंक सहित दोस्रो स्थानमा छ ।
खेलको केन्द्रमा युभेन्ट्सका स्टार क्रिस्टियानो रोनाल्डो रहनेछन् । उसले ६ बर्ष ओल्ड ट्राफोर्डमा बिताएका थिए । म्यान यु आफ्नालाई सधै बिशेष रहने बताएका रोनाल्डोले सिजनको अपराजित यात्रालाई युभेन्ट्सले कायम राख्ने उल्लेख गरे ।
रोनाल्डोको आगमनसंगै फर्ममा देखिएको युभेन्ट्स चालु सिजनमा अपराजित छ । समुह एफको खेलमा अर्को प्रिमियर लिग क्लब म्यान्चेष्टर सिटीले युक्रेनी क्लब शख्तर डोनट्स्कसंग खेल्नेछ । सोही समुहका अर्को खेलमा बुन्डेशलिगा क्लब होफेनहमले फ्रेन्च क्लब लियोनलाई आतिथ्यता प्रदान गर्नेछ ।
समुह ईको एउटा खेल आजै हुनेछ । त्यसमा डच क्लब एजाक्सले पोर्चुगलको बेन्फिकासंग खेल्नेछ ।
समुह जीको खेलमा स्पेनिस क्लब रियल मड्रिडले चेक क्लब भिक्टोरिया प्लाजेनसंग र ईटालियन क्लब रोमाले रुसी क्लब मस्कोसंग खेल्नेछ ।