• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
उमेर समूहको साफ जित्ने नेपालको लक्ष्य
नमीन ढकाल
मंगलबार, कात्तिक ६, २०७५ नमीन ढकाल
उमेर समूहको साफ जित्ने नेपालको लक्ष्य

काठमाडौं ।  गत महिनामात्र एन्फाले साफ यू-१५ च्याम्पियनसिपको खेलाडी छनोट गर्न भन्दै जिल्ला फुटबल संघलाई पत्राचार गर्यो । देशभरका विभिन्न जिल्लाले यू-१५ उमेर समूहमा सम्भावना भएका खेलाडीलाई केन्द्रमा पठाए ।

दशै अगाडी एन्फाले खेलाडी छनोटको प्रक्रिया पुरा गर्यो । जसमा ७ नयाँ अनुहार आए । धरासायी बनेको नेपालको घरेलु फुटबलमा  खेलाडी उत्पादन गर्न एन्फाको आफ्नै एकेडेमी छ । तर एन्फा पदाधिकारीको दाबी पत्याउने हो भने, छनोटमा केही यस्ता खेलाडी देखिए, जसले एकेडेमीका खेलाडी भन्दा उम्दा खेल्न सक्छन् ।

उनै नयाँ ७ खेलाडीलाई समावेश गरेर एन्फाले साफ यू-१५ च्याम्पियनसिप खेल्ने नेपाली टिम बनाएको छ । घरेलु भुमिमा हुने चौथो संस्करणको प्रतियोगितामा सोही टिमले उपाधिमा नेपालको दाबेदारिता प्रस्तुत गर्नेछ ।

कार्तिक ८ बाट सुरु हुने प्रतियोगिता १७ गतेसम्म चल्नेछ । सात टोली सहभागि प्रतियोगिताका सबै खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ ।

नेपाली युवा टोलीे घरमै आयोजना हुन गईरहेको साफ प्रतियोगिताको उपाधि रक्षा गर्न दाउमा छ । एन्फा एकेडेमी र खुल्ला छनोटबाट आएका खेलाडी अहिले त्यसैको तयारीमा जुटेका छन् ।

फेरी एउटा तथ्यलाई दोहोर्याउ ।

प्रतियोगिताको यो चौथो संस्करण हो । तर नेपाली टिम अहिलेसम्म विजेता बन्न सकेको छैन । सन् २०१३ बाट आयोजना हुँदै आएको प्रतियोगितामा नेपाली टिम उपविजेतामै अड्किएर बसेको छ । सन् २०१७ मा नेपालमै भएको प्रतियोगितामा नेपाल उपविजेतामा सिमित बनेको थियो । नेपालको तगारो सदा झै भारतनै बन्ने गरेको छ ।

यसपटकको संस्करणमा समेत नेपालको लक्ष्य छ, उपाधि । तर नेपालका लागि यो सहज भने हुने छैन । नेपाली टिमका प्रशिक्षक सनोज श्रेष्ठ नेपालको मुख्य लक्ष्य भनेको साफ च्याम्पियनसिपको उपाधि रहेको बताउँछन् ।

‘तयारी राम्रौ भईरहेको छ । एन्फा एकेडेमीका खेलाडी र खुल्ला छनोटबाट आएको खेलाडी राम्रो लयमा छन् । यस पटक हाम्रो टिम साफ च्याम्पियनको उपाधिका लागि खेल्छ ।’ प्रशिक्षक श्रेष्ठले भने।

यू–१५ साफ च्याम्पियनसिपमा नेपाल सहित बङ्गलादेश, माल्दिभ्स र पाकिस्तान समूह 'ए' मा रहेका छन् ।

समूह विजेता बत्रे दाउमा रहेको नेपाललाई बङ्गलादेश तगारो बत्रे देख्न सकिन्छ । बङ्गलादेश सन् २०१५ को साफ च्याम्पियनसिप टोली हो ।

‘हाम्रो लागि समूहका पाकिस्तान र माल्दिभ्स सहज छन् तर बङ्गलादेश उत्कृष्ट टिम हो ।’ प्रशिक्षक श्रेष्ठ भन्छन्, ‘अब हामी उत्कृष्ट टोलीसंग समूह चरणमै खेल्छौ । त्यसपछि नकआउट बारेमा सोच्नेछौ ।’

प्रतियोगिताको चारै संस्करण खेलेको नेपाल दुई पटक फाईनलमा हारेको थियो । तर नेपालले प्रतियोगितामा आक्रमक फुटबललाई निरन्तरता दिने प्रशिक्षक श्रेष्ठ बताउछन् ।

‘आक्रमक फुटबल खेलेर उपाधि उचाल्न चाहन्छौँ । समग्रमा सबै राम्रो छ । विशेष गरि आक्रमक फुटबलमा ध्यान दिनेछौँ ।’ उनी भन्छन्।

नेपालले पहिलो खेल कार्तिक ८ गते पाकिस्तानसँग खेल्दै छ । कार्तिक १० मा माल्दिभ्ससंग र अन्तिम खेल कार्तिक १२ गते बङ्गलादेशसंग ।
त्यस्तै भारत, भुटान र श्रीलंका रहेको अर्को समूह 'बी' समेत प्रतियोगितामा हुनेछ ।

भारत प्रतियोगिताको साविक विजेता हो । उसले सन् २०१३ र १७ मा दुई पटक उपाधि उचालि सकेको छ । त्यस्तै बङ्गलादेशले सन् २०१५ मा उपाधि उचालेको छ ।


नेपाली टिम :

गोलकिपर: रोशन नेपाल, रोहन मगर, विनय श्रेष्ठ
डिफेन्डर :जान लिम्बु, निवास फुयाल, प्रमेश गुरुङ, रोशन थापा, श्रीजन दानी, रोजित परियार, शुशिल अधिकारी, ह्हदेश ठकुरी
मिडफिल्डरः प्रदीप लम्साल, मनाग्य नकर्मी, दिपेश गुरुङ, प्रविन मगर, राकेश विक, शशांक बोहरा, निराजन मल्ल, धीरज बलायर 
स्ट्राइकरः नमास थापा, सोनम गुरुङ, रोहित शुब्बा, दिपेश राई 

मुख्य प्रशिक्षक : सनोज श्रेष्ठ

 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
२०३१ को महिला विश्वकपमा ४८ राष्ट्र
२०३१ को महिला विश्वकपमा ४८ राष्ट्र
भारतको सेमिफाइनलको सम्भावना मजबुत
भारतको सेमिफाइनलको सम्भावना मजबुत
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फामा महिला लिग तीन महिना चल्ने
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
umbro nepal
  • ताजा समाचार
  • खेल आज
२०३१ को महिला विश्वकपमा ४८ राष्ट्र
२०३१ को महिला विश्वकपमा ४८ राष्ट्र
बहराइनमाथि नेपालको सानदार जित
बहराइनमाथि नेपालको सानदार जित
भारतको सेमिफाइनलको सम्भावना मजबुत
भारतको सेमिफाइनलको सम्भावना मजबुत
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP