काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले अफ्रिकी राष्ट्र मोरिसससँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार नेपालले दशरथ रंगशालामा मोरिसससँग खेल्ने जनाएको छ ।
दुई खेलको मैत्रीपूर्ण जनवरी २९ र फेब्रुअरी १ मा हुनेछ ।
मोरिसस फिफा वरीयतामा १ सय ७२ औं स्थानमा रहेको छ।
नेपालले पछिल्लो पटक सेप्टेम्बरमा भारतसँग दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेलेको थियो ।
साफ च्याम्पियनसिपको तयारीमा नेपालले दुई मैत्रीपूर्ण खेल खेलेको हो । नेपालले पहिलो खेल बराबरी र दोस्रो खेलमा हार व्यहोरेको थियो ।
साफमा नेपाल उपविजेता बनेको थियो । फाइनलमा नेपाल भारतसँग ३-० ले पराजित भएको थियो ।
