बेसीसहर । कालिका स्पोर्ट्स एकेडेमीले बेसीसहरमा जारी २९ औं त्रिवेणी कप फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।
मंगलबार भएको खेलमा ब्रिटिश गोर्खालाई १-० गोल अन्तरले हराउँदै कालिका सुखद सुरुआत गरेको हो ।
कालिकाको जितमा जाहा ग्लोरीले ५४ औं मिनेटमा निर्णायक गोल गरे ।
यस अघि आयोजक त्रिवेणी युवा क्लबले भिमाद युथ क्लबलाई २-० गोल अन्तरले हराएको थियो ।
त्रिवेणीको जितमा सेरब तामाङ र आशिक गुरुङले एक एक गोल गरे ।
पुस २० गतेसम्म चल्ने प्रतियोगितामा १८ टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख पाउने आयोजक त्रिवेणी युवा क्लबले जनाएको छ ।
यस्तै सेमिफाइनलमा पराजित टोलीले ५०/५० हजार पाउने छन् ।
सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट खेलाडीले जनही १५ हजार पाउने छन् ।
क्वाटरफाइनलपछिको म्यान अफ दि म्याचले २५ सय र फाइनलको म्यान अफ दि म्याचले ५ हजार पाउने छन् ।