बेसीसहर । आयोजक त्रिवेणी युवा क्लबले बेसीसहरमा जारी २९ औं त्रिवेणी कप फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।
मंगलबार भएको खेलमा भिमाद युथ क्लबलाई २-० गोल अन्तरले हराउँदै त्रिवेणीले सुखद सुरुआत गरेको हो ।
त्रिवेणीको जितमा सेरब तामाङ र आशिक गुरुङले एक एक गोल गरे ।
खेलको दोस्रो मिनेटमा सेरबले गोल गर्दै त्रिवेणीलाई सुरुआती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ७० औं मिनेटमा आशिकले गोल गर्दै आयोजकलाई २-० को जित दिलाए ।
पुस २० गतेसम्म चल्ने प्रतियोगितामा १८ टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख पाउने आयोजक त्रिवेणी युवा क्लबले जनाएको छ ।
यस्तै सेमिफाइनलमा पराजित टोलीले ५०/५० हजार पाउने छन् ।
सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट खेलाडीले जनही १५ हजार पाउने छन् ।
क्वाटरफाइनलपछिको म्यान अफ दि म्याचले २५ सय र फाइनलको म्यान अफ दि म्याचले ५ हजार पाउने छन् ।