काठमाडौं । सहिद स्मारक लिग 'ए' डिभिजन ०७८ को छैटौं चरण टुंगिदा देखाइएका पहेँलो कार्डको संख्या १ सय २६ पुगेको छ ।
छैटौं चरणमा मात्र २१ पहेँलो कार्ड देखाइए ।
अहिलेसम्म प्रतियोगितामा खालि एकै रातो कार्ड मात्र देखाइएको छ । केही प्रमुख क्लबका प्रशिक्षकले रेफ्रीको निर्णयको आलोचना गर्न सुरु गर्दा ४२ खेल आइपुग्दा एउटै मात्र रातो कार्ड देखाइनु निकै रहेको छ ।
अहिलेसम्म प्रशिक्षकमध्ये हिमालयनका युगलकिशोर राई, सातदोबाटोका मेघराज केसी, संकटाका विष्णु गुरुङ तथा थ्री स्टारका उर्जेन श्रेष्ठ र रविन्द्र सिलाकारलाई पहेँलो कार्ड देखाइएको छ ।
यस्तै मछिन्द्रका पदाधिकारी नवीन श्रेष्ठलाई पनि पहेँलो कार्ड देखाइएको छ ।