हारबाट जोगियो युनाईटेड
मंगलबार, पुष १३, २०७८खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड बराबरीमा रोकिएको छ।
सोमबार राति भएको खेलमा युनाईटेड न्युकासलसँग १-१ गोलको बराबरीमा रोकिएको हो।
न्युकासलको मैदानमा एडिन्सन काभानीले गोल गरेपछि युनाईटेड हारबाट जोगिएको हो ।
काभानीले खेलको ७१ औं मिनेटमा गोल गरेका थिए ।
त्यसअघि खेलको सातौं मिनेटमा एलन सेन्ट म्याक्सिमिनले गोल गर्दै न्युकासललाई अग्रता दिलाएका थिए ।
यस बराबरीसँगै युनाईटेडले १७ खेलमा २८ अंक जोडेको छ ।
युनाईटेड सातौं स्थानमा रहेको छ ।
न्युकासल ११ अंक जोडेर १९ औं स्थानमा रहेको छ ।
हारबाट जोगियो युनाईटेड






-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)



-1762758084543.jpg&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)