एजेन्सी । इङ्लिस प्रिमियर लिग फुटबल अन्तरर्गत म्यान्चेष्टर युनाईटेडविरुद्ध चेल्सीले अग्रता लिएको छ । शनिबार स्टामफोर्ड ब्रिजमा पहिलो हाफको खेल सकिदाँ घरेलु टोली चेल्सीले १–० को अग्रता बनाएको हो ।
खेलको २१ औ मिनेटमा रुडिजरले हेड गोल गर्दै लण्डन क्लबलाई अग्रता दिलाएका छन् । विलियमको कर्नरमा उनले हेडमार्फत गोल गरेका हुन् । प्रिमियर लिगका पछिल्ला १६ भेटमा मात्र एक खेलमा म्यान युले जित निकालेको छ ।
लण्डन क्लब ३ अंक जोड्दै लिग तालिकामा शीर्ष स्थानमा पुग्न चाहन्छ ।