बिहिबार, ०५ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
Loading ad...
Bhat Bhateni Supermarket Ad

टेलीकम र सिल्क सेमिफाईनलमा

बुधबार, ०७ पौष २०७८खेलपाटी संवाददाता
टेलीकम र सिल्क सेमिफाईनलमा
Loading ad...
mustang rice ad

काठमाडौं । नेपाल टेलीकम राजधानीमा जारी कुमारी बैंक काठमाण्डु टिम च्याम्पियनसिपको सेमिफाईनलमा प्रवेश गरेको छ ।

टेलीकमले दुई जित हात पार्दै सेमिफाईनलमा स्थान पक्का गरेको हो । अब टेलीकमले आईएमईसंग प्रतिस्पर्धा गर्नेछ ।

आईएमई दुई खेलमा हार ब्यहोर्दै उपाधीको होडबाट बाहिरिएको छ । टेलीकमले नेपाल बिद्युत प्राधिकरण र नेपाल राष्ट्र बैंकमाथि जित निकाल्दै सेमिमा स्थान पक्का गरेको हो ।

काठमाडौं ब्याडमिन्टन एकेडेमीको आयोजनामा भएको च्याम्पियनसिपको पहिलो दिन राष्ट्र बैंकलाई ३ –० ले हराएको टेलिकमका नेपाल नम्बर एक खेलाडी रत्नजितले राष्ट्र बैंकका नम्बर दुई दिपेश धामीलाई २१–१५, २२–२४, २१–१७ ले पराजित गरे । यस्तै टेलिकमकी सिमा राजबंशीले राष्ट्र बैंककी अमिता गिरीलाई २१–११, १२–२१, २१–१८ ले पराजित गरे । यस्तै टेलिकमका सुरेन्द्र सिंह कार्की र राजेन्द्र श्रेष्ठको जोडीले राष्ट्र बैंकका रिषीकेश भट्ट र डिला राम सवेदीलाई २१–१४, २१–१४ ले जित निकाले । यस्तै टेलीकमले बिद्युतलाई ३–२ ले पराजित गर्ने क्रममा रत्नजितले बिद्युतका दीपक बोहरालाई २१–९, २१–११ले पराजि गरे । दोश्रो खेलमा बिद्युतकी शोभा गौचनले टेलीकमकी सिमा राजबंशीलाई २३–२१, २४–२२ ले पराजित गर्दै खेललाई एक एकको बराबरीमा ल्याईन् । यस्तै तेश्रो खेलमा टेलीकमका शोभाकर भण्डारी र सुरेन्द्र सिंह कार्कीको जोडीले बिद्युतका टेकबहादुर बुढा र रत्न श्रेष्ठको जोडीमाथि २१–१५, २१–१७ को जित निकाल्दै खेललाई २–१ को अवस्थामा ल्याए । यस्तै चौथो खेलमा बिद्युतका शोभा गौचन र याम कुमारी गुरुङ्गको जोडीले टेलीकमका जे.टि. गुड्डी कार्की र सिमा राजबंशीको जोडीलाई २१–१५, २४–२२ ले पराजित गर्दै पुन खेललाई २–२ को बराबरीमा पु¥याए । यस्तै अन्तिम तथा निर्णायक खेलमा टेलीकमका कृष्ण शर्मा र रत्नजितको जोडीले दिपक बोहरा र राजु महर्जनको जोडीमाथि २१–१९, २१–१० को जित निकाल्दै ३–२ का साथ टेलीकमलाई सेमिफाईनमा स्थान पक्का बनाए ।

यस्तै अर्को सेमिफाईनल प्रवेश गर्ने टोलीमा सिल्क ग्रुप रहेको छ । सिल्कले कुमारी बैंक, कान्तिपुर र आयल निगम तिनै टिमलाई जित्दै सेमिमा स्थान पक्का गरेको हो । च्याम्पियनसिपको पहिलो दिन आयल निगममाथि ३–१ को जित निकालेर जितको सुरुवात गरेको सिल्कले दोश्रो दिनको पहिलो खेलमा कान्तिपुर पब्लिकेशनलाई ३–२ ले पराजित गर्यो । कान्तिपुरका साजन कृष्ण ताम्रकारले सिल्कका बिकास श्रेष्ठमाथि २१–१८, २१–१८ को समान अन्तरले पराजित गर्दै १–० को जित निकाले । यस्तै दोश्रो खेलमा सिल्ककी अनुमाया राईले कान्तिपुरकी सम्झना शर्मा माथि २१–९, २१–१३ को जित निकाल्दै खेललाई एक एकको बराबरीमा ल्याए । यसैगरि कान्तिपुरका प्रकाश बादु र ब्रिदेन सुब्बाको जोडीले सिल्कका सुबाश अधिकारी र रमेश शेर्पाको जोडीलाई १४–२१, २२–२०, २२–२० ले पराजित गर्दै पुनः कान्तिपुरलाई २–१ को अग्रता दिलाए । २–१ ले पछि परेको अवस्थमा सिल्कले खेललाई आफ्नो पक्षमा ल्याउने क्रममा महिला युगल तर्फ अनुमाया राई र ताशी शेर्पाको जोडीले रिमा गिरी र सम्झना शर्माको जोडीमाथि २१–४, २१–८ को जित निकाल्दै खेललाई २–२ को अवस्थामा पुर्राए  । अन्तिम तथा निर्णायक खेलमा रमेश शेर्पा र बिकाश श्रेष्ठको जोडीले ब्रिदेन सुब्बा र साजन कृष्ण ताम्राकारको जोडीलाई २१–१४, २१–१० ले पराजित गर्दै ३–२ का साथ जित निकाले । यसैगरि सिल्कले अन्तिम खेलमा कुमारी बैंकलाई पराजित गर्दै सेमिफाईनलमा स्थान बनाएको हो । सिल्कले कुमारी बैंक माथि ३–१ को जित निकालेको हो । सिल्कका विकास श्रेष्ठले कुमारीका सुदीप सेढाईलाई २१–१५, २१–१० ले पराजित गरे । दोश्रो खेलमा अनुमाया राईले कुमारीकी सुनयना मुखियालाई २१–१०, २१–१६ ले हराईन् । तेश्रो खेलमा कुमारीका बिक्रम निरौला र निरज राईको जोडीले सिल्कका सुबाश अधिकारी र रमेश शेर्पाको जोडीलाई २१–१७, १०–२१, २१–१७ ले पराजित गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । चौथो खेलमा सिल्क ग्रुपको अनुमाया राई र ताशी शेर्पाको जोडीले ११–२ को अग्रता लिएको अवस्थामा कुमारी बैंककी सुनयना मुखियाको घुडामो चोट आएका कारण खेललाई त्याग्न बाध्य भए पश्चात सिल्कले खेल जित्दै सेमिमा स्थान पक्का गरेको हो ।

Loading ad...
LiNing Ad
टेलीकम र सिल्क सेमिफाईनलमा

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

बिष्णु र भोज अन्तिम आठमा

बिष्णु र भोज अन्तिम आठमा

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
मेसीको पनि ९००औं गोल

मेसीको पनि ९००औं गोल

बार्सिलोनाको प्रतिद्धन्दी अब एट्लेटिको

बार्सिलोनाको प्रतिद्धन्दी अब एट्लेटिको

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

एट्लेटिकोलाई सहज, बार्सिलोनालाई दबाब कायमै

एट्लेटिकोलाई सहज, बार्सिलोनालाई दबाब कायमै

इशान किशन बने हैदराबादका कप्तान

इशान किशन बने हैदराबादका कप्तान

जापानले महिला एसियन कपको फाइनलमा

जापानले महिला एसियन कपको फाइनलमा

झापामाथि आर्मीको एकतर्फी जित

झापामाथि आर्मीको एकतर्फी जित

भिआइटी गण्डकीको मुख्य प्रायोजक

भिआइटी गण्डकीको मुख्य प्रायोजक