काठमाडौं । साफ यू-१९ महिला फुटबल च्याम्पियनसिपको उपाधि आयोजक बंगलादेशले जितेको छ।
ढाकामा बुधबार भएको फाइनलमा भारतलाई १-० गोल अन्तरले पराजित गर्दै बंगलादेश च्याम्पियन बनेको हो ।
बंगलादेशलाई उपाधि दिलाउन एनी मोगिनीले निर्णायक गोल गरिन् ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८० औं मिनेटमा मोगिनीले गोल गरेकी हुन् ।
राउण्ड रोबिनको आधारमा भएको च्याम्पियनसिपमा बंगलादेश शीर्ष र भारत दोस्रो स्थानमा रहदै फाइनलमा पुगेको थियो।
नेपाल भने प्रतियोगिताको तेस्रो स्थानमा रह्यो । र, नेपाल फाइनल पुग्न असफल भएको थियो ।
नेपालले फेयर प्ले अवार्ड जितेको छ ।