शुक्रबार, १६ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
Bhat Bhateni Supermarket Ad

बिधान र बिशालको जोडीलाई हरिसिद्धि ब्याडमिन्टन उपाधि

आइतबार, ०४ पौष २०७८खेलपाटी संवाददाता
बिधान र बिशालको जोडीलाई हरिसिद्धि ब्याडमिन्टन उपाधि

हरिसिद्धि खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका कास्कीका बिधान अधिकारी र बिशाल खड्काको जोडी । फोटो : खेलपाटी

mustang rice ad

काठमाडौं । कास्कीका बिधान अधिकारी र बिशाल खड्काको जोडीले हरिसिद्धि खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधि उचालेका छन् । 

सो जोडीले प्रयागपोखरी ब्याडमिन्टन क्लबका पनिव लिनथेप र सुरोज महर्जनको जोडीलाई २१–१९, १९–२१ र २२–२० को सेटले पराजित गर्दै उपाधि जितेका हुन् ।

बिधान र बिकासको जोडीले पविन र सुरोजको जोडीलाई बाह्रबिसे कपमा पनि पराजित गर्दै उपाधि उचालेका थिए ।
बिजयी टिमले ५० हजार नगद मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे । 

यस्तै, उपबिजता टिमले २५ हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे । 

तृतीय स्थान प्राप्त गरेका बुटवलका बिश्वास नेपाल र गणेश रायमाझी तथा एपिएफका पेम्बा शेर्पा र चितवनका राजु थापाको जोडीले नगद १० हजार, मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरे ।

हरिसिद्धिस्थित आयोजककै आफ्नै कभर्डहलमा भएको प्रतियोगिताको पुरुष यु १९ तर्फको प्रतिस्पर्धामा सिक्सटिन फिदरका क्षितिज खनालले उपाधि जिते ।

उनले बालकुमारी रिमिक्स क्लबका आयुश्मान नागरीलाई २१–१२, २२–२० ले पराजित गर्दै उपाधी कब्जा गरे । 

विजेता खनालले नगद १५ हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे । उपविजेता नागरीले नगद १० हजार मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे । 

यस्तै तृतीय स्थान प्राप्त गरेका सूर्यदर्शन ब्याडमिन्ट क्लबका सन्तोष पनेरु र क्लब सेभेनका डेभिड थापा मगरले नगद ५ हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

यस्तै, महिला यु १९ तर्फ योङ्गुबहालकी रोज पाण्डेले उपाधि जितिन् । 

उनले बालकुमारी रिमिक्स क्लबकी प्राथना देउबामाथी २१–१८, २१–१४ को सहज जित निकालिन् । बिजेता पाण्डेले नगद १५ हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरिन् । 

यस्तै, उपविजेता देउबाले नगद १० हजार मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरिन् । तृतीय स्थान प्राप्त गर्ने धादिङ्गकी बविता पुरी र भिन्छेबहालकी कृष्मा बज्राचार्यले नगद ५ हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

चार दिनसम्म संचालन भएको भेट्रान युगलतर्फ पिएफसीका संजय कपाली र श्याम लामाको जोडी तथा कास्कीका दलराज आले र मनबहादुर रानाको जोडी बीच भएको प्रतिस्पर्धामा संजय र श्यामको जोडीले जित निकाले । 
सो जोडीले २१–१९, २१–१८ को जित हात पारेको हो । 

बिजयी टोलीले नगद ३० हजार, मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे । 

यस्तै, उपबिजेता टिमले नगद १५ हजार, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे । तृतीय स्थान प्राप्त गर्ने आईबिएससीका लक्ष्मण बिसी र दिलबहादुर कदङ्गवाको जोडी तथा कालिका क्लबका लोकेश्वर भक्ति र पुर्ण श्रेष्ठको जोडीले नगद प्रत्येक टिमले ७ हजार ५ सय, मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

करिब १५ लाख लागत रहेको प्रतियोगितामा यु १९ पुरुष तथा महिला एकल खुल्ला, पुरुष युगल र भेट्रान ४५ माथी गरेर चार विधामा प्रतिस्पर्धा भएको थियो । 

यु १९ पुरुष एकलतर्फ ५० खेलाडी, महिला एकलतर्फ १३, पुरुष युगलमा ५५ जोडी र भेट्रान ४५ बर्ष माथि २१ जोडीले प्रतिस्पर्धा गरेका थिए ।

बिजेता खेलाडीलाई प्रमुख अतिथी उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री पम्फा भुषालले पुरस्कार वितरण गरेकी थिईन् ।

LiNing Ad
#हरिसिद्धि

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बिष्णु र भोज अन्तिम आठमा

बिष्णु र भोज अन्तिम आठमा

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

Bajaj Pulsar Motorcycle Ad
आर्मीले जित्यो २५ औं पुरुष राष्ट्रिय कबड्‌डी प्रतियोगिताको उपाधि

आर्मीले जित्यो २५ औं पुरुष राष्ट्रिय कबड्‌डी प्रतियोगिताको उपाधि

टाइगर कपको उपाधिका लागि गण्डकी र पर्वत भलिबल भिड्ने

टाइगर कपको उपाधिका लागि गण्डकी र पर्वत भलिबल भिड्ने

आर्मीलाई हराउँदै एपीएफले जित्यो उपाधि

आर्मीलाई हराउँदै एपीएफले जित्यो उपाधि

उधारो ब्याटमा करिअरकै उत्कृष्ट इनिङ्स, तर सन्तुष्ट छैनन् डि कक

उधारो ब्याटमा करिअरकै उत्कृष्ट इनिङ्स, तर सन्तुष्ट छैनन् डि कक

पुलिसलाई हराउँदै न्यु डायमन्डले जित्यो टाइगर कप

पुलिसलाई हराउँदै न्यु डायमन्डले जित्यो टाइगर कप

अष्ट्रेलियन एलिट ट्रफीमा चौथो भइन् शिभाली

अष्ट्रेलियन एलिट ट्रफीमा चौथो भइन् शिभाली

आर्मीले तेस्रो स्थानका लागि खेल्ने पक्का

आर्मीले तेस्रो स्थानका लागि खेल्ने पक्का

संकटालाई हराउँदै तेस्रो स्थानमा उक्लियो एनआरटी

संकटालाई हराउँदै तेस्रो स्थानमा उक्लियो एनआरटी