बिहिबार, ०५ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
Loading ad...
Bhat Bhateni Supermarket Ad

रदिप र बिकासको जोडीको विजयी सुरुआत

बिहिबार, ०१ पौष २०७८खेलपाटी संवाददाता
रदिप र बिकासको जोडीको विजयी सुरुआत
Loading ad...
mustang rice ad

काठमाडौं ।  हरिसिद्धि ब्याडमिन्टन क्लबको आयोजनामा हरिसिद्धि खुल्ला ब्याडमिन्टन प्रतियोगिता बिहीबारबाट सुरु भएको छ ।

प्रतियोगिताको पहिलो दिन आयोजक क्लबका रदिप महर्जन र बिकास महर्जनको जोडीले पुरुष युगल तर्फ बिजयी सुरुआत गरेका छन् । महर्जन जोडीले ईरा ब्याडमिन्टन क्लबका अनमोल के.सी. र विपिन श्रेष्ठको जोडीलाई २१–२, २१–६ ले पराजित गर्दै दोश्रो चरण प्रवेश गरेका हुन् । 

यस्तै बालकुमारी रिमिक्सका दिप्रिस मुनी बज्राचार्य र सुमन शाक्यको  जोडीले पनि जित हात पारे । उक्त जोडीले कास्कीका बिशेष बस्नेत र यासिक्सन गुरुङ्गलाई २१–१२, २१–१३ को सहज जित निकाल्दै दोश्रो चरणमा प्रवेश गरेका छन् ।

आयोजकको आफ्नै कभर्डहलमा भएको प्रतियोगितामा एपिएफका पेम्बा शेर्पा र चितवनका राजू थापाको जोडीले पनि जित निकाल्दै दोश्रो चरणमा स्थान बनाए । उक्त जोडीले वाईसिबिसीका अशिम गुरुङ्ग र नेल्सन राईको जोडीलाई २१–६, २१–११ ले हराए ।

दोश्रो चरण प्रवेश गर्ने क्रममा टु स्टार ब्याडमिन्टन क्लबका सुनिल कपाली र नगेन्द्र महर्जनको जोडीले डेभिड महर्जन र दिनेश महर्जनको जोडीलाई १३–२१, २१–१३, २१–१६, भक्तपुरका ध्रुव पाठक र यशराज राईको जोडीले हरिसिद्धि ब्याडमिन्टन क्लबका विक्रम महर्जन र धर्म महर्जनको जोडीलाई २१–१२, २३–२१ ले, राम प्रसाद चौधरी र धिरेन्द्र पटेलको जोडीले भानुदय ब्याडमिन्टन क्लबका अजय महर्जन र साजन मजर्हनको जोडीलाई १९–२१, २१–९, २१–१३ ले, साईनोका अभिषेक बोस र सुजन थापाको जोडीले श्रीकृष्ण ब्याडमिन्टन क्लबका पूर्ण बास्तोला र सुजन तोलाङ्गेको जोडीलाई २१–५, २१–६, बालकुमारी रिमिक्स क्लबका ज्ञान कुमार र राकेश शाक्यको जोडीले आयोजकका संजीप महर्जन र सोहन महर्जनको जोडीलाई २१–९, २१–९, दीपक ब्याडमिन्टन एकेडेमीका सुपाल बादे र राम मगरको जोडीले महाङ्काल ब्याडमिन्टन क्लबका अविक श्रेष्ठ र विकास तामाङ्गको जोडीलाई २१–१३, २१–१०, ठेचो ब्याडमिन्टन क्लबका आरसी बिष्ट र सुरज  श्रेष्ठको जोडीले आयोजकका पुष्पेन्द्र महर्जन र तुलसी महर्जनको जोडीलाई १४–२१, २१–१९, २१–१४, आईबिएससीका मदन डङ्गोल र सुदीप श्रेष्ठको जोडीले लगनखेल ब्याडमिन्टन क्लबका राजेश बज्राचार्य र पुर्ण भक्त चित्रकारको जोडीलाई १८–२१, २१–१४, २१–१९, लुभुका सुरेश कोईराला र सुरोजदीप सिंहको  जोडीले किसीपिडी ब्याडमिन्टन क्लबका प्रमोद महर्जन र सुमन महर्जनको जोडीबाट वाक ओभर, बालकुमारी रिमिक्सका आर्यन महर्जन र एलिश थापाको जोडीले आयोजकका सन्नी कुमार र बासुराम महर्जनको जोडीलाई २१–११, २३–२१, लुभुका बिमल ढुङ्गेल र राम तामाङ्गको जोडीले टु स्टार ब्याडमिन्टन क्लबका बुद्धि महर्जन र मनोज महर्जनको जोडीलाई २१–१७, १७–२१, २१–१५, आयोजक हरिसिद्धिका राजेन्द्र महर्जन र श्याम महर्जनको जोडीले लाकुरे ब्याडमिन्टन क्लबका राजु थापा मगर र कृष्ण श्रेष्ठको जोडीलाई २१–७, २१–१५, पिबिसीका उज्जवल दाहाल र श्रीजन ताम्राकारको जोडीले श्रीकृष्ण ब्याडमिन्टन क्लबका चन्द्र बस्नेत र नविन महर्जनको जोडीलाई २१–१३, २१–९, फ्रेन्डली ब्याडमिन्टन क्लबका योगेश खड्का र रमेश ठकुरीको जोडीले आयोजकका हरेराम महर्जन र ओम हरि महर्जनको जोडीलाई २१–११, २१–९ ले पराजित गरे ।

चारदिन सम्म संचालन हुने प्रतियोगिताको दोश्रो चरण प्रवेश गर्ने क्रममा १६ फिदरका क्षितीज खनाल र अमन महर्जनको जोडीले पनि जित निकाले । उक्त जोडीले बालकुमारी रिमिक्सका दउथ राई र दिपेश शाक्यको जोडीलाई २१–११, २१–११ले पराजित गरे । यस्तै आयोजकका निखिल भट्ट र बिवेक चौधरीको जोडीले भानुदय ब्याडमिन्टन क्लबका आशिष महर्जन र आयुव महर्जनको जोडीलाई २१–१२, २१–७ ले, टिकाभैरवका रामसरण महत र श्याम कृष्ण थापाको जोडीले टिकेश्वर ब्याडमिन्टन क्लबका धक अधिकारी र देवान खालिङ्गको जोडीबाट वाक ओभर, थेचो ब्याडमिन्टन क्लबका ईन्द्र कार्की र कृष्ण कुँवर ठकुरीको जोडीले आयोजकका हरि महर्जन र सन्तोष महर्जनको जोडीलाई २१–१७, २१–८ तथा बालकुमारी रिमिक्स क्लबका डि महर्जन र बि. श्रेष्ठको जोडीले टु स्टार ब्याडमिन्टन क्लबका सविन महर्जन र सुमन पोखरेलको जोडीलाई २१–१२, २१–८ ले पराजित गर्दै दोश्रो चरणमा स्थान पक्का गरे ।

प्रयिोगितामा यु १९ पुरुष तथा महिला एकल खुल्ला, पुरुष युगल र भेट्रान ४५ माथी गर चार विधामा प्रतिस्पर्धा हुने छ । यु १९ पुरुष एकल तर्फ ५० खेलाडी, महिला एकल तर्फ १३, पुरुष युगलमा ५५ जोडी र भेट्रान ४५ बर्ष माथी २१ जोडीले प्रतिस्पर्धा गर्ने छन् ।

१५ लाख अनुमानित लागत रहेको प्रतियोगितामा यु १० पुरुष तथा महिला तर्फ उत्कृष्ट तीन स्थान हात पार्ने खेलाडीहरुले नगद १५ हजार, १० हजार र ५ हजार, पुरुष युगल तर्फ ५० हजार २५ हजार र १० हजार तथा भेट्रान तर्फ ३० हजार, १५ हजार र ७ हजार ५ सय सहित मेडल टफी र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएका छन् ।

प्रतियोगिताको संघिय साँसद राजकाजी महर्जनले उद्घाटन गरेका थिए ।

Loading ad...
LiNing Ad
रदिप र बिकासको जोडीको विजयी सुरुआत

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

बिष्णु र भोज अन्तिम आठमा

बिष्णु र भोज अन्तिम आठमा

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
मेसीको पनि ९००औं गोल

मेसीको पनि ९००औं गोल

बार्सिलोनाको प्रतिद्धन्दी अब एट्लेटिको

बार्सिलोनाको प्रतिद्धन्दी अब एट्लेटिको

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

एट्लेटिकोलाई सहज, बार्सिलोनालाई दबाब कायमै

एट्लेटिकोलाई सहज, बार्सिलोनालाई दबाब कायमै

इशान किशन बने हैदराबादका कप्तान

इशान किशन बने हैदराबादका कप्तान

जापानले महिला एसियन कपको फाइनलमा

जापानले महिला एसियन कपको फाइनलमा

झापामाथि आर्मीको एकतर्फी जित

झापामाथि आर्मीको एकतर्फी जित

भिआइटी गण्डकीको मुख्य प्रायोजक

भिआइटी गण्डकीको मुख्य प्रायोजक