काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले फराकिलो जित निकालेको छ ।
मंगलबार राति भएको खेलमा बायर्नले स्टुटगार्टलाई ५-० गोल अन्तरले हराएको हो ।
बायर्नको जितमा सर्जी जिनाब्रीले ह्याट्रिक गरे । रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे ।
खेलको ४० औं मिनेटमा जिनाब्रीले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए ।
खेलको ५३ औं मिनेटमा जिनाब्रीले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नलाई २-० को अग्रता दिलाए ।
६९ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै टोलीको अग्रता ३-० को बनाए ।

खेलको ७२ औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नलाई ४-० को अग्रता दिलाए ।
यस गोलसँगै लेवान्डोस्कीले बुन्डेसलिगामा एकै वर्ष सर्वाधिक धेरै गोल गर्ने खेलाडीको कीर्तिमानममा बराबरी गरे ।
यस वर्ष ४२ गोल गरेका उनले गर्ड मुलरको कीर्तिमान बराबरी गरेका हुन् ।
त्यसपछि खेलको ७४ औं मिनेटमा जिनाब्रीले ह्याट्रिक पूरा गर्दै बायर्नलाई ५-० को जित दिलाए ।
यस जितसँगै बायर्नले १६ खेलमा ४० अंक जोडेको छ ।
बायर्नले शीर्ष स्थानमा ९ अंकको अग्रता बनाएको छ ।
स्टुटगार्ट १७ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।
