लेष्टरको फराकिलो जित
२०२१ डिसेम्बर १२, आइतबारखेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लेष्टर सिटीले सहज जित निकालेको छ ।
आइतबार भएको खेलमा लेष्टरले न्युकासल युनाईटेडलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा लेष्टरलाई जित दिलाउन युरी टिलमेन्सले दुई गोल गरे ।
पाट्सन डाका र जेम्स म्याडिसनले एक एक गोल थपे ।
खेलको ३९ औं मिनेटमा युरीले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई सुरुआती अग्रता दिलाएका थिए ।
५७ औं मिनेटमा डाकाले गोल गर्दै टिमको अग्रता २-० को बनाए ।
खेलको ८१ औं मिनेटमा युरीले व्यक्तिगत दोस्रो गोल गर्दै लेष्टरलाई ३-० को अग्रता दिलाए ।
त्यसपछि खेलको ८५ औं मिनेटमा म्याडिसनले गोल गर्दै लेष्टरलाई ४-० को जित दिलाए ।
जितसँगै लेष्टरले १६ खेलमा २२ अंक जोडेको छ । लेष्टर आठौं स्थानमा उक्लिएको छ ।
न्युकासल १० अंक जोडेर १९ औं स्थानमा रहेको छ ।
लेष्टरको फराकिलो जित