काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ ।
शनिबार राति भएको खेलमा आर्सनलले साउथह्याम्पटनलाई ३-० गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा खेलको २१ औं मिनेटमा एलेक्जेन्डर लाकाजेट्टीले गोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाएका थिए।
मार्टिन ओडेगार्डले २७ औं मिनेटमा गोल गर्दै आर्सनललाई २-० को अग्रता दिलाए ।

त्यसपछि खेलको ६२ औं मिनेटमा गाब्रियलले गोल गर्दै आर्सनललाई ३-० को जित दिलाए ।
यस जितसँगै आर्सनलले १६ खेलमा २६ अंक जोडेको छ । आर्सनल लिगको पाँचौं स्थानमा उक्लिएको छ ।
साउथह्याम्पटन १६ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।
