काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले रोमान्चक जित निकालेको छ ।
शनिबार राति भएको खेलमा चेल्सीले लिड्स युनाईटेडलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।
स्टामफोर्ड ब्रिजमा भएको रोमान्चक खेलमा सुरुआती एक गोलको अग्रता उल्टाएर चेल्सीले जित निकालेको हो ।
खेलको २८ औं मिनेटमा राफिन्हाले गोल गर्दै लिड्सलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, ४२ औं मिनेटमा मासन माउन्टले गोल गर्दै चेल्सीलाई १-१ गोलको बराबरीमा ल्याए ।

खेलको ५८ औं मिनेटमा जोर्गिन्होले पेनाल्टीमा गोल गर्दै चेल्सीलाई २-१ को अग्रता दिलाए ।
खेलको ८३ औं मिनेटमा जोसेप गेल्हार्डले गोल गर्दै लिड्सलाई २-२ को स्थितिमा ल्याए ।
तर, इन्जुरी समयको चौंथो मिनेटमा जोर्गिन्होले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीलाई ३-२ को जित दिलाए ।
यस जितसँगै चेल्सीले १६ खेलमा ३६ अंक जोडेको छ । चेल्सी लिगको तेस्रो स्थानमा रहेको छ ।
लिड्स १६ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।
