काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले जित निकालेको छ ।
शनिबार भएको खेलमा सिटीले १० खेलाडीमा सिमित उल्भ्सलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
सिटीलाई जित दिलाउन रहिम स्ट्रर्लिङले निर्णायक गोल गरे ।
उनले खेलको ६६ औं मिनेटमा पेनाल्टीमा गोल गरेका थिए।

त्यसअघि पहिलो हाफको इन्जुरी समयमा राहुल जेमिनेजले दुई पहेलो कार्डसहित रातो कार्ड पाएपछि उल्भ्स १० खेलाडीमा समेटिएको थियो ।
यस जितसँगै सिटीले १६ खेलमा ३८ अंक जोडेको छ ।
सिटी अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।
उल्भ्स २१ अंक जोडेर आठौं स्थानमा रहेको छ ।