काठमाडौं । साफ यू-१९ महिला फुटबल च्याम्पियनसिपको पहिलो खेलमा नेपालले बंगलादेशसँग बराबरी खेलेको छ ।
बंगलादेशको ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपालले घरेलु टिमसँग गोलरहित बराबरी खेलेको हो ।
प्रतिस्पर्धात्मक खेलमा नेपालले पाएको केहि मौकालाई सदुपयोग गर्न सकेन । बंगलादेशले पनि पाएको मौकालाई खेर फालेको थियो ।

यस बराबरीसँगै नेपालले पहिलो खेलमा १ अंक जोडेको छ । बंगलादेशले पनि पहिलो खेलमा १ अंक जोडेको छ ।
च्याम्पियनसिपको पहिलो खेलमा भने भुटानले श्रीलंकालाई ५-० ले हराएको छ ।
अब नेपालले दोस्रो खेलमा बुधबार श्रीलंकाविरुद्ध खेल्नेछ ।
यस्तै नेपालको तेस्रो खेल भुटानविरुद्ध डिसेम्बर १७ र अन्तिम खेल भारतविरुद्ध डिसेम्बर १९ मा रहेको छ ।
राउन्ड रोबिनको आधारमा हुने प्रतियोगितामा पाँच टिमको सहभागिता रहेको छ ।

आयोजक बंगलादेशसहित नेपाल, भुटान, भारत र श्रीलंकाले सहभागिता जनाएका छन् ।
शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्ने छन् । फाइनल खेल डिसेम्बर २१ मा हुनेछ ।