काठमाडौं । सहिद स्मारक लिग ‘ए’ डिभिजन लिग फुटबलमा अहिले मनाङ मर्स्याङ्दी क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा मनाङले १-० गोलको अग्रता बनाएको छ ।
खेलको ४१ औं मिनेटमा आफिज ओलावालेले गोल गर्दै मनाङलाई अग्रता दिलाएका हुन् ।
दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन्।
कीर्तिमानी आठ पटकको च्याम्पियन मनाङ लिगको तेस्रो स्थानमा रहेको छ । ३ खेलमा अपराजित रहेको मनाङले ७ अंक जोडेको छ ।
फ्रेन्ड्स लिगको दशौँ स्थानमा रहेको छ । फ्रेन्ड्सले ३ खेलमा २ अंक जोडेको छ ।