काठमाडौं । सहिद स्मारक लिग ‘ए’ डिभिजन २०७८ का तेस्रो चरणका खेल सकिएका छन् र शीर्ष स्थानमा रहेको छ, सातदोबाटो ।
तीन चरणको अंक तालिकामा तीन फरक ‘लिग लिडर’ आएका छन् । दोस्रो चरणमा मनाङ मर्स्याङ्दी शीर्ष स्थानमा थियो भने पहिलो चरणमा थ्री स्टार ।
रेलिगेसन क्षेत्रमा अहिले जावलाखेल र एपीएफ छन् । दोस्रो चरणको समाप्तीमा पनि यिनै दुई टिम पुछारमा थिए ।
पहिलो चरणको समाप्तीमा भने जावलाखेल र च्यासल अन्तिम स्थानमा थिए ।
यसपटक दुई टिम रेलिगेसनमा परेर ‘बी’ डिभिजनमा झर्ने छन् ।
डिफेन्डिङ च्याम्पियन पहिलो चरणमा तेस्रो, दोस्रो चरणमा चौथो र तेस्रो चरणमा दोस्रो स्थानमा रहेको छ।
तेस्रो चरणको समाप्तीमा लिग अंक तालिका :
