टोटेनहम र रेनसबिचको खेल स्थगित
बिहिबार, मंसिर २३, २०७८खेलपाटी संवाददाता

काठमाडौं । युरोपा कन्फरेन्स लिग अन्तर्गत टोटेनहम र रेनसबीचको खेल स्थगित भएको छ ।
इंग्लिस क्लब टोटेनहमका आठ जना खेलाडी र पाँच स्टाफमा कोरोना भाईरसको संक्रमण देखिएपछि खेल स्थगित गरिएको हो ।
कन्फेरेन्स लिग अन्तर्गत टोटेनहमले बिहीबार रेनससँग खेल्ने तालिका थियो ।
तर, कोरोनाको महामारीलाई मध्येनजर गर्दै खेल स्थगित गरिएको हो ।
टोटेनहमका मुख्य प्रशिक्षक एन्टोनियो कोन्टेले बुधबार आठ खेलाडीमा कोरोना संक्रमण देखिएको बताएका थिए ।
टोटेनहमले आइतबार प्रिमियर लिगमा ब्राइटनविरुद्ध खेल्ने छ । उक्त खेल समेत स्थगित हुने सम्भावना बढेको छ ।
टोटेनहम र रेनसबिचको खेल स्थगित






-1763024272658.jpeg&w=3840&q=75)
-1762997834781.jpeg&w=3840&q=75)





