टोटेनहमका आठ खेलाडीमा कोरोना
बुधबार, मंसिर २२, २०७८खेलपाटी संवाददाता
काठमाडौं । इंग्लिस क्लब टोटेनहमका आठ जना खेलाडीमा कोरोना भाईरसको संक्रमण देखिएको छ ।
टोटेनहमका मुख्य प्रशिक्षक एन्टोनियो कोन्टेले आठ खेलाडीमा कोरोना संक्रमण भएको बताएका छन् ।
प्रशिक्षक कोन्टेले पाँच स्टाफमा समेत कोरोना संक्रमण देखिएको बताए ।
युरोपा कन्फेरेन्स लिग अन्तर्गत रेनसविरुद्धको खेल अघि टोटेनहमका खेलाडीमा कोरोना देखिएको हो ।
टोटेनहमले बिहीबार रेनससँग खेल्ने तालिका छ । अन्तिम ३२ को सम्भावना कायम राख्न टोटेनहमलाई रेनेसविरुद्ध खेल जित्नुपर्नेछ ।
युईएफएले उक्त खेल तोकिएको मितिमै हुने जनाएको छ ।
त्यसैगरी, टोटेनहमले आइतबार प्रिमियर लिगमा ब्राइटनविरुद्ध खेल्ने छ ।
टोटेनहमका आठ खेलाडीमा कोरोना






-1763024272658.jpeg&w=3840&q=75)
-1762997834781.jpeg&w=3840&q=75)





