काठमाडौं । मनाङ मस्र्याङदी फुटबल क्लबका नाइजेरियन प्रशिक्षक फुजा टोपे मंगलबार नेपाल आइपुगेका छन् ।
मंसिर ३ गतेबाट सुरु भएको ए डिभिजन फुटबल लिगका लागि फुजालाई मनाङले ल्याउने प्रयास गरेको थियो ।
तर भिसा समस्याका कारण फुजा समयमा नेपाल आउन पाएका थिएनन् ।
मंगलबार फुजालाई टिमका पदाधिकारीहरुले स्वागत गरेका थिए ।
टिम म्यानेजर रामबहादुर गुरुङ र कोओर्डिनेटर मिलन गुरुङ (ज्याक)ले स्वागत गरे ।
फुजाले अब बाकी सिजन मनाङको टिम सम्हाल्नेछन् ।
अहिले मनाङको प्रशिक्षण राजेन्द्र तामाङले सम्हाल्दै आएका छन् ।
फुजाले सन् २०१८ मा पनि मनाङको प्रशिक्षकको रुपमा काम गरेका थिए ।
काठमाडौंमा जारी लिग अन्तर्गत मनाङ तालिकाको दोस्रो स्थानमा रहेको छ ।
मनाङले तीन मध्ये दुई खेलमा जित र एक खेल बराबरी खेल्दै ७ अंक जोडेको छ ।
यता समान दुई खेलमा जित तथा एक खेलमा बराबरीको नतिजा निकालेको सात्तोबाटो ७ अंकसहित शीर्ष स्थानमा रहेको छ ।
गोलअन्तरका आधारमा सात्तोबाटो मनाङ भन्दा माथि छ ।