ट्युनिसियाले बराबरी गोल फर्कायो
सोमबार, असार ४, २०७५खेलपाटी संवाददाता

एजेन्सी । फिफा विश्वकप फुटबलमा इंग्ल्यान्डविरुद्ध ट्युनिसिया खेलमा फर्किएको छ ।
खेलको ३५ औं मिनेटमा ट्युनिसियाका फेर्जानी ससीको पेनाल्टीमा गोल गर्दै खेल १ - १ को बराबरीमा ल्याए ।
ट्युनिसियाका खेलाडी युसुफलाई वाल्करले लडाएपछि पेनाल्टी पाएको हो ।
यसअघि ह्यारी केनले ११ औं मिनेटमा गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए ।
















-1763024272658.jpeg&w=3840&q=75)